news deathमहेश सिंह सिरहा २१ कार्तिक । सिरहा नगरपालिका १२ स्थित कमलानदीको पूर्वी तटबन्धको पूर्वपट्टी आज बिहान एक अपरिचित व्यक्तिको घाटीरेटी हत्या गरिएको अवस्थामा लास भेटिएको छ ।

सिरहाको कमलानदीको पूर्वपट्टी तटबन्ध भन्दा तल अपरिचित व्यक्तिको अन्दाजी ४५–५० वर्षीय एक पुरुषको घाटीरेटी हत्या गरिएको अवस्थामा लास फेला परेको स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए।

आज बिहान करिब ७ बजेको समयमा स्थानीयहरु खेतमा काम गर्न गएको बेला अपरिचित व्यक्तिको हत्या गरी फालिएको अवस्थामा लास फेला परेकाे हाे ।

 लासलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखीएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएकाे छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर