Dhiraj Kumar Sahमहेश सिंह सिरहा २९ मंसिर । सिरहा नगरपालिका वडा नं. ७ बाट हिजाे शनिबार जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेका छन ।

भारतबाट खरिद गरी लुकाई ,छिपाई ल्याउदै गर्दा सिरहा नगरपालिका १ बस्ने २४ बर्षिय धिरज कुमार साहलाई प्रतिबन्धित लागुऔषध नाईट्रभोट १४ पीस सहित साह लाई प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ परेका साहलाई आबश्यक कार्बाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख तथा एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिए ।

******************************************************************************************

काँग्रेस केन्द्रीय समिति बैठकमा सहमति नजुटेपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल परिवारसहित ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनका लागि पुगेका छन्। बिहिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेपछि वरिष्ठ नेता पौडेल आइतबार बिहान परिवारसहित पाथीभरा मन्दिर पुगेका हुन् ।

बिहिबार कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको कार्यकाल कम्तिमा एक वर्ष बढाउने प्रस्ताव गर्दै तत्काल माधिवेशन नगर्ने तयारी गरेसँगै पौडेल र सिटौलाले बैठक बहिस्कार गरेका थिए ।

बैठक बहिस्कार गरे लगत्तै पौडेलले आफ्नै कार्यकक्षमा केन्द्रीय समितिका आफू निकट सदस्यहरुसँग छलफल गरेका थिए।

महाधिवेशनको कार्यतालिका पास गरेरै अघि बढ्ने पौडेल पक्षको अडानमा सभापति देउवा सहमत नभएपछि पौडेल पक्षको बहिस्कारका विच गत बिहिबार कार्यसमितिको बैठक देउवाले राखे । त्यसपछि सहमतिका लागि भएका देउवा र पौडेलबीच पटकपटकको प्रयास असफल भएपछि पौडेल शक्ति पिठ तिर लागेका हुन् ।

केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेपछि पाथीभरा पुगेका वरिष्ठ नेता पौडेलको भ्रमणलाई राजनीतिक रुपमा महत्वपूर्ण रुपमा हेरिएको छ । आउने १४ औँ महाधिवेशनमा आफै सभापति बन्न पाउ भनेर प्रारथना गर्न पाथीभरा पुगेको सामाजिक संजालमा कुरा आएको छ।

पौडेल पाथीभरा पुगे पनि यता कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको छ।

यसैबीच केन्द्रीय कार्यसमितिको अर्को बैठक भोलि (सोमबार) दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा फेरी बस्नेछ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर