annapurna add

Dr Singh rapesमहिलालाई जवरजस्ती बलात्कार गरेको आरोपमा एक डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ। रौतहटको यमुनामाई गाउँपालीकाको सरुअठा हेल्थ पोस्टका इन्चार्य ४५ बर्षिय सुधिर कुमार सिंहलाई बलात्कार आरोपमा पक्राउ गरिएको हो । सिंहले एक महिलालाई चरम यातना दिएर बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन । गत मंसिर १८ गते चितवनबाट रौतहटको सदरमुकाम घुमफिर गर्न आएकी एक ३० बर्षिया महिला घर फर्किनको लागी गौर बसपार्कमा बसको प्रतिक्षा गरिरहेकैं बेला डाक्टर सिंहले ति महिलालाई चितवनको बस चढाइदिने भन्दै मोटरसाइकलमा राखेर सदरमुकामबाट करिब १५ किलोमिटर उतर सरुअठा हेल्थ पोस्टमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुन्धानको क्रममा पीडित महिलाले बयान दिएको हो । चन्द्रनिगाहपुरबाट चितवनको गाडी चढाइदिने बाचा गरेर मोटरसाइकल पछाडी बसाएका महिलालाई डाक्टर सिँहले सरुअठास्थित हेल्थ पोस्टमा रातभर थुनेर जवरजस्ती बलात्कार गरेको पीडित महिलालाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परिक्षण गरीएको छ। उनको जाहेरीको आधारमा डाक्टर सिंहलाई पक्राउ गरि आवश्यक अनुन्धान भइरहेको रौतहटका प्रहरी प्रवक्ता डिएसपि नविन कार्कीले बताएका छन्। पिडितको जाहेरीपछि शुक्रबार साँझ डाक्टर सिंहलाई सदरमुकाम गौरमै नियन्त्रणमा लिएर जवरजस्ती करणी कसुर अन्तर्गतको अपराधका अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए।

प्रहरी हिरासतमा रहेका डाक्टर सिंह सरुअठा हेल्थपोस्टमा अहेव पदमा कार्यरत भएपनि उनि भारतको दरभंगाबाट विडिएस (डेन्टीस्ट) पढेर उनि सदरमुकाम गौरमा दातको निजि क्लीनिक पनि सञ्चालन गर्दै आएका छन् ।

महिलालाई सहचालकलाई पनि पोलिन्

पहिले सरुअठा स्वास्थ्य चौकीका इञ्चार्ज सुधिर कुमार सिंहविरुद्ध मात्रै बलात्कारको उजुरी दिएकी महिलाले पछि गोरखा काठमाडौँ चल्ने बसको सहचालक अनिवाश कार्कीले पनि आफूलाई बलात्कार गरेको मौखिक उजुरी दिइन् । कार्कीले आफूलाई फकाइफुलाई गौर ल्याएर दिनभर बलात्कार गरेको र साँझ चितवन फर्काउन लाग्दा फेरि बलात्कारमा परेको भनी उजुरी दिएकी थिइन् । त्यसपछि उक्त बसका सहचालकलाई पनि शुक्रबार नै हेटौंँडाबाट पक्राउ गरी गौर ल्याइएको डिएसपी कार्कीले रातोपाटीलाई बताए ।

सिंहमाथि कार्यालयकै कर्मचारीलाई यौन अपराध गरेको आरोप

स्वास्थ्य चौकीमै ल्याएर महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेपछि उक्त स्वास्थ्य संस्थामै काम गर्ने एक महिला कर्मचारीले पनि डाक्टर सिंहले आफूमाथि पटकपटक यौन अपराध गरेको मौखिक उजुरी दिएकी छिन् । स्वास्थ्यचौकीमै कार्यरत महिला कर्मचारीले यौन अपराध गरेको मौखिक उजुरी दिएपनि कस्तो प्रकृतिको ‘यौन अपराध’ भन्ने बारे नखुलेको रौतहटका प्रहरी प्रवक्ता नवीन कार्कीले बताए । पक्राउ परेका हेल्थ असिस्टेण्ट सुधिर कुमार सिंहले आफूले भारतबाट बिडिएस समेत पास गरेकाले डाक्टर लेख्ने गरेको बताएका छन् । उनले भारतबाट बिडिएस उत्तीर्ण गरी अहिले गौरमै दाँतसम्बन्धि क्लिनिक खोलेका छन् । तर सरकारी सेवामा रहेका उनले बेतलबी बिदा लिइ बिडिएस अध्ययन गरेको भनेपनि त्यसबारे छानबिन भइरहेको समेत डिएसपी कार्कीले बताए ।

२१ गते शनिवार परेकाले आज लिखित जाहेरी लिने र अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने रौतहट प्रहरीले बताएको छ ।

प्रकासित मिति

Loading...

 

ताजा खबर