annapurna add

resmaa murder indiaभारतको जयपुरमा सामाजिक सञ्जाल फेसबुकका कारण एक महिलाको ज्यान गएको छ ।सामाजिक सञ्जालमा भिडियो र फोटो शेयर गर्दै आएकी रेशमा नामकी ती महिलाका फलोअर्स बढ्दै गएपछि पतिले हत्या गरेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

रगत लतपतिएको महिलाको शव बरामद भएपछि प्रहरीले छानबिन गरेको थियो । एडिशनल पुलिस कमिश्नर अशोक कुमार गुप्ताले दिल्ली हाईवेस्थित माताको मन्दिर नजिकै सडकको छेउमा रगतले लतपतिएको शव भेटिएको बताए । उनका अनुसार शव नजिकै महिलाले चलाउँदै आएको स्कुटी र हेलमेट समेत फेला परेको थियो ।

छानबिनका क्रममा रेशमालाई उनकै श्रीमानले हत्या गरेको खुल्न आएको थियो । हाल प्रहरीले महिलाका पति अयाज अहमदलाई गिरफ्तार गरेको छ । उनले हत्यापछि रेशमालाई चिन्न नसकियोस् भनेर टाउकोमा ढुंगाले हानेर उनको अनुहार क्षतविक्षत बनाइदिएका थिए ।

रेशमाले नियमित सामाजिक सञ्जाल फेसबुकमा आफ्नो फोटो र भिडियो शेयर गर्ने र उनका फलोअर्स समेत बढ्दै गएका थिए । पत्नीका फलोअर्स बढ्दै गएपछि अहमदले उनीमाथि शंका गर्न थालेका थिए । सोही शंकाका कारण घटना घटेको प्रहरीले बताएको छ । एजेन्सी

प्रकासित मिति

Loading...
Loading...

 

Loading...