annapurna add

डडेल्धुरा । आफ्नै छोरीलाई रुखमा बाँधेर बलात्कार गर्ने बुवालाई प्रहरी पक्राउ गरेको छ ।

baba rape arestकैलालीको चुरे गाउँपालिका–५ भासु बजारमा बस्दै आएका ४५ वर्षिय पुरुषले आफ्नै जेठी छोरीलाई जंगलमा लगी रुखमा बाँधेर बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीले गएराति १० बजे पक्राउ गरेको छ ।

जेठ १७ गते रुखमा बाधेर बलात्कार गरेको भन्दै पीडित युवतिले उजुरी दर्ता गरेकी थिईन ।

उजुरी दर्ता भएदेखी फरार रहेका उनका बुवालाई मंगलबार राति १० बजे सहजपुरको जंगलबाट पक्राउ गरेको ईलाका प्रहरी इन्चार्ज इन्सपेक्टर माधब विश्वकर्माले बताएका छन् ।

भासुको जंगलमा रुखमा हात र खुट्टा बाँधेर बलत्कार गरेको र कसैलाई खबर गरे मार्ने धम्कीसमेत दिएको पीडितको भनाइ रहेको समेत इन्सपेक्टर विश्वकर्माले बताए ।

पीडित युवतीलाई उपचारका लागी पठाइएको र पिडक बुवालाई कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय कैलाली पठाएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर