annapurna add

काठमाडौं : वैदेशिक रोजगारको लागि मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक एजेण्ड पक्राउ परेका छन्।

ghus

विदेश लगिदिन्छु भन्दै विभिन्न व्यक्तिहरुसँग रकम उठाइरहेको सूचनाका आधारमा वैदेशिक रोजगार विभागले एजेन्ट पक्राउ गरेको हो। पक्राउ पर्नेमा ताप्लेजुङ जिल्ला साविक ढुङ्गेसाघु घर भई हाल बूढानीलकण्ठ नगरपालिका–८ कपन बस्ने ३३ वर्षीया कैलाश लिम्बू रहेका छन्।

विभागले काठमाडौं सिनामंगलस्थित नोभा म्यानपावरको कार्यालय भवन नजिकैको स्थानबाट वैदेशिक रोजगारमा जाने व्यक्तिबाट १ लाख २० हजार रकम बुझिसकेको अवस्थामा विभागको टोलीले रंगेहात नियन्त्रणमा लिएको हाे ।

लिम्बूले दुई दाजुभाइलाई मलेसिया पठाइदिन्छु भनी यस अघि नै ८० हजार रकम लिइसकेको र शनिबार मलेसिया फ्लाइट भएको र १ लाख ६० हजार रकम लिएर आउन आग्रह गरेको अवस्थामा पक्राउ गरिएको हो।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...