annapurna add

ARREST 2540291b1 VYbdNI7i2Wनेपाल प्रहरी महानगरीय अपराध महाशाखाले पोल्याण्ड पठाईदिन्छु भन्दै ६८ लाख ठगि गर्ने व्यक्ति पक्राउ गरेको छ । काभ्रेपलान्चोक जिल्ला रोशी गाउँपालिका घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका बस्ने ३८ वर्षका गुणराज लामालाई अपराध महाशाखाको टोलीले तिनकुनेबाट पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

पोल्याण्ड पठाउने भन्दै उनले रामकृष्ण खड्कासहित अन्य ९ जनालाई दुबई हुदै अजरबैजान लगेर अलपत्र पारेका थिए । पिडितहरुको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो । उनले सबैजना बाट जम्मा ६८ लाख १७ हजार रुपैया ठगि गरेका हुन् । लामालाई थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा टेकु लगिएको छ । पिडितले जाहेरी दिएको एक दिन पुग्न नपाउदै उनि पक्राउ परेपछि महाशाखाको पीडितले प्रसंशा गरेका छन् ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर