annapurna add

कैलालीको अत्तरियाबाट एक जना होटल व्यवसायी पक्राउ परेका छन् ।

hotelsanchalakpakrauईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले होटलमा महिलाहरुलाई बोलाई अबैध काममा लगाउने कञ्चनपुर कृष्णपुर नगरपालीका वडा नम्बर १ घर भई हाल गोदावरी नगरपालीका वडा नम्बर २ बस्ने होटलका संचालक २८ बर्षिय हर्क बहादुर बोहरालाई पक्राउ गरेको हो ।

उनले २ जना महिलालाई होटलमा वईटरको काम लागाउने भन्दै काठमाडौंबाट ललाईफकाई बोलाएर डराई धम्काई आफ्नो होटलमा आउने ग्राहकहरुसंग शारिरिक सम्पर्क राख्न लगाउने र अन्य स्थानमा समेत पठाउने गरेको भन्ने सुचना पाएपछि बुधवार राति ईलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनी माथि मानब बेचबिखन तथा ओसार पसार शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सह प्रवक्ता प्रहरी निरिक्षक हिक्मत बहादुर थापाले जानकारी दिए ।

प्रकासित मिति

Loading...