annapurna add

Hateunda Cybercrime newsसुजन ढकाल हेटौंडा ।मकवानपुरमा साइबर क्राइमका घटना बढे मकवानपुरमा साइबर सम्बन्धी अपराध हुने क्रम बढेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार साइबर अपराधका घटनामा बढोत्तरी भएको पाइएको हो । प्रविधिको विकास र विस्तारसँगै यसको दुरुपयोग बढे पछि साइबर अपराधको घटना बढेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आर्थिक वर्ष २०७५/७६मा ६२ वटा साइबर अपराधका घटनाहरु दर्ता भएका छन् । तर, चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नै ५१ वटा निवेदन दर्ता भएको प्रहरीले जनाएको छ । विशेष गरी फेसबुक सम्बन्धी निवेदनहरु धेरै परेको उनले बताए । ‘फेसबुकसँग सम्बन्धित निवेदन नै ४९ वटा दर्ता भएका छन्,’ उनले भने,‘अहिलेको युवाहरुमा प्रविधिको प्रयोग गर्ने क्रम बढेको छ तर, यसको उपयोग भन्दा पनि दुरुपयोग बढी भइरहेको छ । यसले गर्दा जान अन्जानमा नै प्रविधिसम्बन्धी अपराध भइरहेको हुन्छ । यसबाट बच्न हामीले समय समयमा सचेतना कार्यक्रमहरु गरिरहेका छौं ।’

फेसबुकमा फोटो राखेर अश्लिल सन्देश पठाउने, फोटो तोडमोड गर्ने विषयमा बढी निवेदन पर्ने गरेको प्रहरीले जनाएको छ । ‘अहिले ह्याक गर्ने । नक्कली आइडि बनाएर गलत सन्देशहरु प्रवाह गर्ने काम बढ्दो छ । तर, हामीलाई कमै मात्रै निवेदन पर्छन् ।’ गत बर्ष पनि सबै भन्दा धेरै फेसबुकमै समस्या देखिएको थियो । गत बर्ष ६२ मध्ये ६० वटा निबेदन फेसबुक सम्बन्धी नै परेका छन् । साइबर अपराध बिरुद्ध अधिकांश पीडितहरु महिला रहेको समेत मकवानपुर प्रहरीले उल्लेख गरेको छ । फेसबुकमा नक्कली आइडी बनाएर आफन्त तथा साथीहरुलाइ नराम्रा शन्देस पठाउने, जथाभावी तस्बीर हालिदिने जस्ता समस्या बताउँदै पिडितहरुले निबेदन दर्ता गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए ।

साइबर अपराधका गतिविधी गर्नेबिरुद्ध जिल्ला प्रहरी मकवानपुरले महानगरीय प्रहरी परिषद् काठमाडौंमा अनुसन्धान तथा कारबाहीका लागि पठाउने गरेको छ । विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ मा यस्ता गतिबिधि गर्नेलाइ १ लाख जरीवाना वा ५ बर्ष कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

साइबर अपराध
साइबर अपराध कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरु हुन् । यसमा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेटसँग सम्बन्धित आपराधिक गतिविधिहरु पर्छन् । यसलाई हेर्ने र रोकथाम गर्न ल्याईएको कानुन साइबर कानुन हो ।

नेपालको विद्युतीय कारोबार ऐन– २०६३ ले “कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गर्नेलगायतका कामलाई विद्युतीय कसुर” भनी परिभाषा गरेको छ ।

इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट धोकाधडी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्‍याउने क्षति लगायत अवैधानिक कार्यलाई पनि साइबर अपराध मानिन्छ ।

 विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने

कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने ।

कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच
कुनै व्यक्तिले कुनै कम्प्युटरमा रहेको कुनै कार्यक्रम, सूचना वा तथ्याङ्कमा पहुँच प्राप्त गर्ने मनसायबाट सो कम्प्युटरको धनी वा जिम्मेवार व्यक्तिबाट कुनै अख्तियारी नलिई सो कम्प्युटरको प्रयोग गरेमा वा अख्तियारी लिएमा । कुनै व्यक्तिले कुनै कम्प्युटरमा रहेको कुनै कार्यक्रम, सूचना वा तथ्याङ्कमा पहुँच प्राप्त गर्ने मनसायबाट सो कम्प्युटरको धनी वा जिम्मेवार व्यक्तिबाट कुनै अख्तियारी नलिई सो कम्प्युटरको प्रयोग गरेमा वा अख्तियारी लिए

गोपनीयता भङ्ग गर्ने
कुनै विद्युतीय अभिलेख, किताब, रजिष्टर, पत्रव्यवहार, सूचना, कागजात वा अन्य सामग्रीहरूमा पहुँच प्राप्त गरेको कुनै व्यक्तिले कुनै अनधिकृत व्यक्तिलाई त्यस्तो अभिलेख, किताब, रजिष्टर, पत्र व्यवहार, सूचना, कागजात वा सामग्रीको गोपनीयता भङ्ग गर्ने ।

झुट्टा व्यहोराको सूचना दिने
कुनै व्यक्तिले प्रमणीकरण गर्ने निकायको इजाजतपत्र प्राप्त गर्ने वा अन्य कुनै मनसायले नियन्त्रक समक्ष वा डिजिटल हस्ताक्षर प्रमणपत्र प्राप्त गर्ने वा अन्य कुनै मनसायले प्रमाणीकरण गर्ने निकाय समक्ष पेश गर्ने कुनै व्यहोरा जानीजानी लुकाएमा वा ढाँटेमा वा जानाजानी झुट्टा व्यहोरा पेश वा दाखिला गर्ने कार्य ।

झुट्टा इजाजतपत्र वा प्रमाणपत्र पेश गर्ने वा देखाउने
नियन्त्रकले जारी गरेको इजाजतपत्र प्रप्त नगरी प्रमाणीकरण गर्ने निकायको रुपमा कार्य गर्ने

कम्प्युटर जालसाजी गर्ने
जालसाजी वा अन्य कुनै गैरकानुनी कार्य गर्ने उद्देश्यले डिजिटल हस्ताक्षर प्रमाणपत्र सृजना गरेमा, प्रकाशन गरेमा वा अन्य व्यहोराले उपलब्ध गराएमा वा कुनै बिलको भुक्तानी रकम, कसैको खाताको बाँकी मौज्दात (ब्यालेन्स), कुनै आपूर्ति र भण्डार (इन्भेण्टरी) वा जुनसुकै बखत भुक्तानी दिने कार्ड (ए.टी.एम.कार्ड) मा मिलोमतो गरी वा अन्य कुनै तरिकाले जालसाजी गरी लाभ उठाउने ।

कम्प्युटर स्रोत सङ्केतको चोेरी

कम्प्युटर स्रोतको सङ्केत (सोर्स कोड) लाई यथावत् राख्ने गरी तत्काल व्यवस्था गरेको अवस्थामा कुनै व्यक्तिले कुनै कम्प्युटर, कम्प्युटर कार्यक्रम, कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्कका लागि प्रयोग हुने कम्प्युटर स्रोतको सङ्केत (सोर्स कोड) लाई जानी–जानी वा बदनियत राखी चोरी गरेमा, नष्ट गरेमा, परिवर्तन गरेमा वा त्यस्तो काम गर्न लगाएमा ।

कम्प्युटर र सूचना प्रणालीमा क्षति पुर्‍याउने
कुनै व्यक्तिले कुनै संस्थालाई गलत तरिकाले हानि नोक्सानी पु-याउने मनसाय राखी जानी–जानी कम्प्युटर सम्पदामा रहेको कुनै सूचनालाई कुनै पनि व्यहोराबाट नष्ट गरेमा, क्षति पु-याएमा, मेटाएमा, हेरफेर गरेमा, काम नलाग्ने बनाएमा वा त्यस्तो सूचनाको मूल्य र प्रयोगको महत्वलाई ह्रास गराएमा वा हानिकारक प्रभाव पारेमा ।

विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने
कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने ।

नेपालमा साइबर कानुन
विद्युतीय कारोबार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन 

विद्युतीय तथ्याङ्क आदान–प्रदानको माध्यमबाट वा अन्य कुनै विद्युतीय सञ्चार माध्यमबाट हुने कारोबारलाई भरपर्दो र सुरक्षित बनाई विद्युतीय अभिलेखको सृजना, उत्पादन, प्रशोधन, सञ्चय, प्रवाह तथा सम्प्रेषण प्रणालीको मान्यता, सत्यता, अखण्डता र विश्वसनीयतालाई प्रमाणीकरण तथा नियमित गर्ने व्यवस्था गर्न र विद्युतीय अभिलेखलाई अनधिकृत तवरबाट प्रयोग गर्न वा त्यस्तो अभिलेखमा गैरकानुनी तवरबाट परिवर्तन गर्ने कार्यलाई नियन्त्रण गर्नका लागि कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रतिनिधिसभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधिसभाले यो ऐन बनाएको ।

साइबर अपराध जोखिम न्यूनिकरण

साइबर अपराधका घटनाहरू बढ्नुमा राज्यको साइबर सुरक्षा नीति र व्यवस्थापन पक्ष नै फितलो हुनु हो । साइबर अपराध बिरुद्धको अभियानमा राज्यको नीति र लगानीको खाँचो देखिन्छ । सूचना प्रविधि प्रयोगको सबैभन्दा उत्तम प्रयोग र उपयोग गरेर मात्रै यसको जोखिम न्यूनिकरण गर्न सकिन्छ ।

नेपालमा साइबर हमलाको अवस्था बढेर गएकाले साइबर अपराधका घटनाहरूमा बृद्धि हुदै गइरहेको छ । बैंक तथा बित्तिय क्षेत्रमा साइबर हमलाका घटनाहरू बढेर गएको छ । नेपालमा बढ्दो साइबर थ्रेटसँगै साइबर सुरक्षाको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन । त्यसैले साइवर अपराध र साइबर अपराधबिरुद्धको अभियान अहिलेको आवश्यकता हो ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...