annapurna add

die body
रुपन्देहीको ओमसतीया गाउँपालिकामा एक बालकको हत्या भएको छ।ओमसतीया–५ धान्सीका १० वर्षीय बालक आकाश हरिजनको इँटाले टाउकोमा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

यहीँ चैत ४ गते बिहान १० बजे विद्यालय गएका बालक घर नफर्किएपछि खोजतलास गर्ने क्रममा ६ गते मात्रै ओमसतीयाको खेतमा शव फेला परेको थियो। बिहान करिब साढेँ ११ बजे स्थानीयबासीले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए।

सिक्टहन माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत हरिजनलाई विद्यालयले चार सय रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरेको थियो। सोही रकम नदिएको रिसमा स्थानीय १५ वर्षीय बालकले उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिए।

उनले बाबुसँगको मिलेमतोमा आकाशको हत्या गरेको आशंकामा प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक थापाले बताए।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर