annapurna add

काठमाडौं । काठमाडौं गोंगबुमा विभत्स अवस्थामा हत्या गरी फालिएको शवको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको शव पहिचान नभएपछि प्रहरीद्वारा तस्विर सार्वजनिक

काठमाडाैं गोंगबुमा विभत्स हत्या अपडेट : शव पोस्टमार्टमका लागि टिचिङ लगियो

काठमाडौं गोंगबुमा सुटकेशमा टुक्रा–टुक्रा पारेर बाकसमा राखेरकाे शव अपडेट : टाउको भेटियो

काठमाडौं टुक्रा–टुक्रा पारेर बाकसमा राखेर शव फालिएको अवस्थामा फेला

hatya photoहत्या गरिएका व्यक्ति दाङका कृष्णबहादुर बोहराको भएको खुलेको छ । शव सनाखत नहुँदा प्रहरीले तस्वीर सार्वजनिक गरी सूचना दिन अपील नै गरेको थियो ।

उनी काठमाडौं नयाँबजार क्षेत्रको एक गार्मेन्ट उद्योगमा काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ ।
र उनी शव फालिएकोदेखि ५० मिटरको दूरीमा बस्ने गरेको व्यक्ति भएको सूचना आएको पनि प्रहरी स्रोतले जनाएको छ ।

आइतबार बिहान गोंगबुको गणेशस्थाननजिकै सुटकेसभित्र टाउको नभएको शव फेला परेको थियो ।

पानीले भिजेर रगत बगेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शवको टाउको डग स्कुलबाट तालिम प्राप्त कुकुरको मद्दतबाट फेला पारेको थियो ।

शव पोष्टमर्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा राखिएको छ ।

मृतक अन्दाजी ४५ वर्षीय मंगोलियन पुरुष भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रकासित मिति

Loading...