tealaya add

ilam khukuri aakramanइलाममा आज दिउशो एक ब्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्मा हत्या गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका १ झ्याउपोखरी बस्ने ४२ वर्षिय बुद्धबिर राईले आफ्नै ६४ वर्षिय बिष्णु राईलाई खुकुरी प्रहार गरेर आफुले आत्महत्या गरेका हुन् । दाजु बिष्णु घर नजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेको अबस्थामा भाईले आएर एक्कासी खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीले जानकारी दिए ।

घाइतेको बाँया आँखाको माथि कन्चटमा काटिएको र दाहिने कानको छेउमा बाहिरी चोट लागेको छ । घटना लगत्तै पुगेको प्रहरी चौकी बन्दुकेका प्रहरीहरुको सहयोगमा उनको उपचार गर्न इलाम अस्पताल ल्याइएको थियो । इलाममा उपचार सम्भव नभएपछि झापातर्फ लगिएको छ । घाइतेको अवस्था गम्भिर रहेको छ ।

खुकुरी प्रहार गर्ने ब्यक्तिको खोजतलास गनेक्रममा घटना स्थल देखि करिव ३ सय मिटर पर गोगुनको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । शवलाई हाल पोष्मार्टमका लागि इलाम अस्पतालमा ल्याइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर