annapurna add

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकस्थित आधारमा इरानले गरेको आक्रमणमा ३४ अमेरिकी सैनिकको टाउकोमा चोट पुगेको पत्ता लागेको छ ।

senaएक प्रवत्ताका अनुसार १७ जवानलाई स्वास्थ निगरानीमा राखिएको छ । 

जनवरी ८ मा भएको इरानी आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा कुनै अमेरिकीलाई चोट नलागेको बताएका थिए ।

इरानले आफ्नो शिर्ष सैन्य कमाण्डर जनरल कासिम सुलेमानीलाई अमेरिकी ड्रोन आक्रमणमा मारिएपछि यो कारबाही गरेको थियो ।

ट्रम्पले इरानी आक्रमणमा कुनै नोक्सानी नपुगेकाले जवाफी कारबाही नगर्ने बताएका थिए ।

तथापि, अघिल्लो साता पेन्टानले ११ जवानको उपचार भइरहेको बताएका थिए ।

इरान-अमेरिका दुस्मनीको एउटा कथा

इरान र अमेरिकाको दुस्मनीका बारेमा कसैलाई बताइरहनु परेन। केही महिनायता बढेको तीव्र विवाद, तनाव र पछिल्लो समय इरानकै सबैभन्दा शक्तिशाली सैन्य कमान्डर जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि संसारभर हलचल मच्चिएको छ।

विमान अपहरणको एउटा कथा : जसले अमेरिकालाई हल्लायाे !

अब तेस्रो विश्वयुद्ध हुने हो कि भन्ने केहीलाई उत्सुकता र आशंका पनि उब्जिन थालेको छ।

आखिर इरानलाई किन अमेरिकाले एक आँखाले पनि देखिसहँदैन ? यसको ऐतिहासिक पृष्ठभूमि के हो ?
यो बुझ्नका लागि हामीले केही ऐतिहासिक तिथिमिति पल्टाएर हेर्नुपर्ने हुन्छ।

america iran NEWS KANTIPATH 2020

१९५३

अमेरिकासँग इरानको दुस्मनीको पहिलो बिउ १९५३ मा रोपिएको थियो। अमेरिकी जासुसी संस्था सिआइएले बेलायतसँग मिलेर इरानमा सत्ता परिवर्तन ग-यो। खासगरी निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसद्दिकलाई सत्ताच्युत गरेर अमेरिका र बेलायतले इरानका राजा शाह रजा पहलवीलाई सुम्पियो।

इरानले यसरी सम्झियो २९० जनाको ज्यान जाने गरी अमेरिकाले खसालेको विमान घटना

धर्म निरपेक्षतामा विश्वास गर्ने इरानी प्रधानमन्त्री इरानको तेल उद्योगलाई राष्ट्रीयकरण गर्न चाहन्थे। उनी निर्वाचित भएलगत्तै सो कुरालाई अघि बढाउने हुँदा बेलायत र अमेरिकाको ठूलो लगानी रहेको तेल उद्योग आफ्नो हातबाट फुत्किने भयका कारण निर्वाचित प्रधानमन्त्रीलाई कु गरेर हटाइयो मात्र होइन, राजालाई सत्तामा आसिन गराइयो। यसो गर्दा अमेरिका र बेलायतले सिधासिधा राजालाई नियन्त्रण गर्न सक्थे।

विश्वयुद्धपछि कुनै निर्वाचित प्रधानमन्त्रीलाई सत्ताच्युत गर्न भूमिका खेलेको यो अमेरिकाको पहिलो अनुभव थियो। यो सफलतापछि त अमेरिकाको विदेश नीति नै यसैलाई बनाउन थालियो।

१९५३ मा जब कु गरियो, त्यसको बदलास्वरुप १९७९ मा इरानमा क्रान्ति भयो र त्यसले राजाको शासन नै अन्त्य ग-यो।

१९७९

सन् १९७१ मा इरानी शाहले एउटा भव्य पार्टी आयोजन गरे। इरानकै सुन्दर र ऐतिहासिक शहर मानिने पर्सेपोलिसमा युगोस्लाभियाका राष्ट्रपति टिटो, मोनाकोका राजकुमार रेनिअर र राजकुमारी ग्रेस, अमेरिकाका उपराष्ट्रपति सिप्रो अग्नेयु र सोभियत संघका निकोलाई पोगर्नीलाई यस पार्टीमा आमन्त्रित गरिएको थियो।

विदेशमा निर्वासित जीवन बिताइरहेका एक नयाँ नेताले आठ वर्षपछि यस पार्टीलाई शैतानहरुको पार्टी भएको बताउँदै यसविरुद्ध संघर्ष गर्न आग्रह गरे। ती नेताको नाम थियो, आयोतोल्लाह रुहोल्लाह खुमेनी। १९७९ मा इरानमा इस्लामिक क्रान्तिअघि खुमेनी टर्की, इराक र फ्रान्समा निर्वासित जीवन बिताइरहेका थिए।

शाह पहलवीको नेतृत्वमा इरान पश्चिमीकरणतर्फ तीव्र गतिमा अघि बढेको र तिनको निर्भरतामा मुलुक रहेको खुमेनीको धारणा थियो। उनको धारणामा विश्वास गर्नेहरु थुप्रै थिए र यो असन्तोष समयक्रमसँगै तीव्र गतिमा बढ्न थाल्यो। यही असन्तोष प्रदर्शनीमा बद्लियो र प्रदर्शनीले क्रान्तिको रुप लियो। देशभरि नै महिनौँसम्म धर्ना–प्रदर्शन–हडताल हुन थाल्यो।

अन्ततः १६ जनवरी १९७९ मा इरानी शाह मोहम्मद रजा पहलवी देश छाडेर भाग्न बाध्य भए। दुई सातापछि १ फरवरी १९७९ मा इरानका सर्वोच्च धार्मिक नेताका रुपमा आयोतोल्लाह खुमेनी निर्वासनबाट फर्किए। तेहरानमा उनलाई स्वागत गर्न ५० लाखभन्दा बढीको भिड जम्मा भयो।

इरान सामु घुडा टेक्यो अमेरिकाले, बिनासर्त वार्ता गर्न तयार

यसपछि एउटा जनमत संग्रह गरियो र इरानलाई इस्लामिक गणतन्त्र घोषित गरियो। खुमेनीः क्रान्तिकारी जो रुढिवादीमा परिणत भए, क्रान्ति गरेर सत्ता परिवर्तन गर्ने देश रुढिवादी मुलुक कसरी बन्यो ? यसबारेमा जर्मन दार्शनिक हाना एरेन्टले एउटा टिप्पणी गरेकी छन्। उनको भनाइ थियो, ‘अधिकांशतः उग्र क्रान्तिकारी क्रान्तिपछि रुढिवादी बन्न पुग्छन्।’

खुमेनीका पक्षमा पनि यस्तै भयो। सत्तामा आएपछि खुमेनीको उदारतामा अचानक परिवर्तन आउन थाल्यो। उनले आफूलाई वामपन्थी आन्दोलनबाट अलग गरे।
उनले विरोधीका आवाजलाई तीव्रतम रुपमा दबाउन थाले र इस्लामिक रिपब्लिक र इरानको लोकतान्त्रिक आवाजबीच एक किसिमको दुरी सिर्जना हुन थाल्यो।

१९७९–१९८१

यो मितिलाई दूतावास बन्धक प्रकरणका रुपमा पनि लिइन्छ।क्रान्तिलगत्तै इरान र अमेरिकाको राजनीतिक सम्बन्ध समाप्त भयो। तेहरानमा इरानी विद्यार्थीहरुको एउटा समूहले अमेरिकी दूतावास आफ्नो कब्जामा लिए र ५२ अमेरिकी नागरिकहरुलाई ४४४ दिनसम्म बन्धक बनाइदिए।

यस कार्यमा खुमेनीको पनि मौन समर्थन रहेको बताइन्छ। अमेरिकी राष्ट्रपति जिम्मी कार्टरलाई खुमेनीले भनेका थिए, ‘तिमीले इरानी पूर्व शाहलाई देश फिर्ता गरिदेऊ।’ तर अमेरिकाले उनको मागलाई सिधा अस्वीकार ग-यो। त्यसैको नतिजास्वरुप बन्धक बनाइएको थियो। शाह न्युयोर्कमा क्यान्सरको उपचार गराउन पुगेका थिए।

जबसम्म रोनाल्ड रेगन अमेरिकी राष्ट्रपतिका रुपमा चुनिएनन्, अमेरिकीलाई बन्धक बनाइयो। केही समयपछि पहलवीको इजिप्टमा क्यान्सरकै कारण मृत्यु भयो र खुमेनीले आफ्नो शक्तिलाई धर्मकेन्द्रित बनाए।

१९८०–८८

सन् १९८० मा सद्दाम हुसेनले इरानमा आक्रमण गरे। इरान र इराकबीच आठ वर्षसम्म लडाइँ चलिरह्यो। यस युद्धमा अमेरिकाले सद्दाम हुसेनलाई सहयोग गरेको थियो। सोभियत संघले पनि हुसेनलाई सहयोग गरेको थियो।

यस युद्धमा पँच लाख इरानी/इराकी मारिएका थिए र एउटा सम्झौता गर्दै यस युद्धलाई अन्त्य गरिएका थियो। इराकले इरानमा रासायनिक हतियार प्रयोग गरेको थियो र त्यसको असर लामो समयसम्म देखिएको केहीको धारणा थियो।

यही अवधिमा इरानले आफूलाई शक्तिशाली बनाउन परमाणु बम बनाउनुपर्छ भन्ने महसुस गरेको थियो। यसपछि उसले परमाणु बम बनाउने अनेकन प्रयास जारी राख्यो र सन् २००२ सम्म यसलाई ढाकछोप गर्न सफल भयो।

सन् २००२ सम्म आइपुग्दा सद्दामको विरोधीका रुपमा अमेरिका देखाप-यो। देखाप-यो मात्र होइन कि इराकमा आक्रमण नै ग-यो र सद्दामको हत्या ग-यो।

सद्दाम सकिएपछि यसको फाइदा इरानलाई पुग्यो। उसको दह्रो नेतृत्वका कारण इराकभित्रै पनि गतिलो पहुँच बनाउन सफल भयो। हुन त अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले उतिबेला नै इरानलाई ‘एक्सिस अफ एभिल’ घोषणा गरेकै हुन्।

परमाणु कार्यक्रमको तयारी

यसपछि आफू शान्तिपूर्ण कार्यका लागि परमाणु कार्यक्रम अघि बढाउने विषयमा सार्वजनिक रुपमा नै इरानले बोल्न थाल्यो। यसका लागि प्रमुख रुपमा हाविय सालोनाले युरोपेली युनियनका रुपमा इरानसँग कुरा गरिरहेका थिए।

सन् २००५ मा इरानमा भइरहेको चुनावका कारण वार्ता सफल हुन सकेन। सन् २०१३ मा जब हसन रुहानी पुनः चुनिए, परमाणु कार्यक्रमबारे इरानसँग वार्ता गर्ने क्रम सुरु हुनथाल्यो।

दशकौँको शत्रुताका बीचमा पनि ओबामा प्रशासनले सन् २०१५ मा ज्वाइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन शुरु भयो। यसलाई ठूलो राजनीतिक सफलताका रुपमा हेरियो।

ट्रम्पले बिगारे

सन् २०१६ मा अमेरिकी चुनावबाट डोनाल्ड ट्रम्प राष्ट्रपति चुनिए। उनले ओबामाले गरेको सम्झौतालाई एकतर्फी रुपमा रद्द गरे। ट्रम्प प्रशासनले इरानलाई नयाँ नयाँ प्रतिबन्ध लगाउँदै जान थाल्यो।

कतिसम्म भने इरानसँग व्यापार गर्ने जो कोहीले अमेरिकासँग कारोबार गर्न नपाउने धम्की पनि उनले दिए।

परिणामस्वरुप इरानका कारण अमेरिका र युरोपेली कतिपय मुलुकबीच स्पष्ट मतभेद देखियो। युरोपेली युनियनको इरानसँग भएको परमाणु सम्झौतालाई जोगाउन अनेकन प्रयास गरियो तर त्यसका लागि ट्रम्प तयार भएनन्।

इरानी क्रान्तिपछि गएका चार दशकमा इरान र अमेरिकाबीच कयौँ अवस्थामा नाजुक क्षण पनि नआएका होइनन् तर यत्तिको गम्भीर अवस्था अहिलेसम्म देखिएको थिएन।

इरानी जनरलको अमेरिकी हवाई आक्रमणका क्रममा मृत्यु भएपछि त दुई देशबीचको दुस्मनी एउटा नयाँ उचाईमा पुगेको छ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर