annapurna add

pakrau chorकैलालीको बर्दगोरीयामा ल्यापटप र नगद पैसा चोरीगर्ने एक व्यक्ति पक्राउ परेका छन् । ईलाकाप्रहरी कार्यालय बौनियाँले विहिबार सोही ठाउँका १८ बर्षिय रोहीत ताम्राकारलाई पक्राउ गरेको हो ।

प्रहरीले उनलाई २९ गते राती बर्दगोरीया गाउँपालिका वडा नंम्बर २ बस्ने भक्त बहादुर थापाको घरबाट डेल कम्पनीको ल्यापटप र नगदसहित चोरी गरेर फरार भएका थिए। ईलाका प्रहरी कार्यालय बौनियाँको अनुसार ताम्राकारले चोरी गरेको ल्याप्टप लम्कीका व्यापारीलाई १७ हजारमा विक्रि गरेको बुझिएको छ।

प्रहरीले उक्त ल्याप्टप समेत बरामद गरेको छ। पक्राउ परेका ताम्राकारलाई इलाकाप्रहरी कार्यालय सुखड चलान गरिएको बौनिया प्रहरीले जनाएको छ।

ताम्राकार बौनियामा घटेका विभिन्न अपराधिक क्रियाकलाप समेत संलग्न रहेको भन्दै प्रहरीले अनुसन्धान थाल्ने बताएको छ । ताम्राकार संग अपराधिक गीरोहनै रहेको बुझिएको छ । यस अघि पनी उनले धेरैको घरमा चोरी गरेको र राजनैतिक संरक्षणमा उम्कीने गरेको स्थानीयले आरोप लगाएका छन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर