ssp sahakul thapa mast caught watermarkसार्वजनिक सवारी साधनभित्र अश्लील गतिविधि गरेको अभियोगमा एक युवक चितवनबाट पक्राउ परेका छन् महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ती युवकलाई सोमबार चितवनबाट पक्राउ गरेको हो ।

२०७५ माघमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो। लगनखेल–स्वयम्भू/डल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले अघिल्लो सीटमा बसेकी युवतीको कपालमा हस्तमैथुन गरी वीर्य स्खलन गरेका थिए । महानगरीय अपराध महाशाखाले प्राविधिक विश्लेषणका आधारमा साबिक तनहुँ अरुणोदय गा.वि.स घर भई हाल चितवन भरतपुर महानगरपालिका विकासचोक बस्ने २१ वर्षका रबिन सार्की भन्ने रबिन रुचाललाई पक्राउ गरेको हो ।

ज्याकेट र खैरो ट्राउजर अनि चप्पल लगाएका ती युवक आफैंले भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको आशंका छ, उक्त भिडियो Womens warrior नामक फेसबुक पेज र केहि पोर्न साइटबाट बाहिर आएको थियो । प्रहरीका अनुसार युवकले त्यस्तो हर्कत गरेको स्वीकारेका छन्। अश्लील हर्कत गर्ने र पीडित युवती दुवैको अनुहार भिडियोमा देखिएको थिएन।

महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार काठमाडौंमा रिक्सा चलाउने रूचालले सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर यस्तै अश्लील भिडियोहहरु अपलोड गर्ने र भ्यूअरको आधारमा पैसा कमाउने सोचले वीर्यापत गरेको र उक्त भिडियो अपलोड गरेको बताएका छन ।

उनि ३ वर्ष अगाडीदेखि काठमाडौँ महानगरपालिका बानेश्वरमा डेरा गरेर बस्थे, रिक्सा चलाएर उनि पेट पाल्थे । उक्त भिडियो सामाजिक संजालमा सार्वजनिक गरेपछि उनको व्यापक आलोचना भएको थियो । गालीको वर्षात थेग्न नसकेपछि उनि भागेर भारतको नयाँ दिल्ली पुगे, त्यहाँ उनले ३ महिना म:म बनाउने कारखानामा काम गरे, पुन त्यहाँबाट कास्मिर गएर ४ महिना बसे । उनको फेसबुक अकाउन्टलाई महाशाखाले भने नजिकबाट नियाली रहेको थियो ।

सो घटना सम्बन्धि अनुसन्धान गरिरहेका केन्द्रिय अनुसन्धान ब्यूरोका प्रमुख डीआइजीपी निरज बहादुर शाही र सिंगो ब्यूरो नै आजित बनिसकेको थियो किनकि एक वर्षदेखि अपराध पत्ता लाग्ने कुनै क्षनक देखिएको थिएन । सीआइबिको एक वर्ष केहि पत्रकार सम्मेलन र छिटै पक्राउ पर्छन भनेर लफ्फाजी गर्नुमै बित्यो । सीआइबिको यो आलटाल र धिमा गतिको अनुसन्धानको समानान्तर महानगरीय अपराध महाशाखाले पनि प्राविधिक पक्षको अध्ययन गरिरहेको थियो, फलस्वरूप रुचाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ती युवकलाई सोमबार चितवनबाट पक्राउ गरेको हो ।

महाशाखा प्रमुख थापाले प्राविधिक अध्ययन गरेर उत्कृष्ट कार्यकुशलता प्रदर्शन गर्ने आफु मातहतका प्रहरी अधिकारीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । प्रहरीको खोजी सूचीमा रहेका ती युवक फरार थिए। यस्तो अपराध पुष्टि भए ६ महिनासम्म कैद र हजार रुपैयाँ जरिवाना हुनसक्ने व्यवस्था मुलुकी फौजदारी अपराध संहिता ऐनमा उल्लेख छ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर