Ncell Nepalइलाम: जितपुर अजम्बरे डाँडामा रहेको एनसिएल टावरमा बम बिस्फोट भएको छ । इलाम देउमाई नगरपालिका ७ मा रहेको एनसिएल टावरमा गएराती अज्ञात समूहले बम बिस्फोट गराइएको हो । बम बिस्फोटबाट टावर पूर्ण रुपमा क्षति भएको जितपुर प्रहरी चौकीका असइ युवराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार टावरका लागि प्रयोग हुने जेनेरेटर सहित अन्य सामग्री ध्वस्त भएको छ । दुईवटा बम बिस्फोग गराइएको हुनसक्ने अनुमान गरिएको छ । घटनास्थल नजिकै अर्को सुतली बम र तार समेत फेला परेको छ । फेला परेको सुतली बम नेपाली शेनाको बम निस्क्रिय टोलीले निस्क्रिय गराइ सकेको उनले वताए । राती नै बिस्फोटको आवाज आएको स्थानियले बताएका छन् ।

बिस्फोटको आवाज सुनेर स्थानियले प्रहरीलाई खवर गरेका थिए । तर घटना स्थलमा बिहान मात्र प्रहरी पुगेको थियो । घटनाबाट के कती क्षती भयो भन्ने यकिन जानकारी आएको छैन । साथै कस्ले बिस्फोट गराएको भन्नेबारे समेत खोजी सुरु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटना स्थलमा आज बिहान जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मंगलबारेबाट टोली गएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...