annapurna add

prabin the thug

अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यको सदरल्याण्डस्थित एक अदालतले बिहीबार ठगी मुद्दाका आरोपित एक नेपाली विद्यार्थीलाई १८ महिनाको अधिकतम कारावास सजाय सुनाएको छ । कारावास सकिनासाथ उनी डिपोर्ट हुनेछन् । २० वर्षीय ती नेपाली विद्यार्थी सन् २०१८ मा ‘आईटी’ विषय अध्ययन गर्न सिड्नी आएका थिए ।

प्रहरीले ती नेपाली विद्यार्थीलाई गत मार्च ३ तारिखमा ठगी आरोपमा पक्राउ गरेको थियो । पक्राउपश्चात् उनलाई छलकपट गरेर आर्थिक लाभ लिएकोसहित १० वटा आरोप लगाउँदै स्थानीय अदालतमा पेश गरेको थियो । अदालतमा उनले ती सबै आरोपहरूमा आफू दोषी रहेको स्वीकार गरेका थिए ।

यी नेपाली विद्यार्थीले चारजना अस्ट्रेलियन नागरिकको कार्डबाट २१ पटकमा १८ हजार ५ सय डलर चोरेका थिए । यसअघि, सिड्नीमै दुई नेपाली विद्यार्थीहरू यस्तै प्रकृतिको घटनामा संलग्न भएको आरोपमा समातिएका छन् । प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर