annapurna add

टेकेन्द्र बोहरा बझाङ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका ७ को तिखाउडी चाल्लाखर्क सामुुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण बोहरा र सचिव मदन बोहराको नाममा उजुरी परेको छ ।

छबिस पाथिभेरे गाउँपालिका वडा नम्बर ७ मा रहेको जलजला बासुधारा सेरी निसान सामुदायिक वनमा काठ कटान गर्न नक्कली पुर्जी दिएको भन्दै अध्यक्ष र सचिव बोहराविरुद्ध मंगलवार जिल्ला प्रशासन कार्यालय बझाङमा उजुरी दर्ता गरिएको हो ।

प्रशासनमा बुझाइएको निवेदनमा तिखाउडी चाल्लाखर्क सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण बोहरा र सचिव मदन बोहराले आफ्नो वनको नक्कली काठपुर्जी दिएर वडा नम्बर ५ मा बस्ने प्रेम ठगुन्ना, शिवजी जाग्रीलाई लकडाउनको मौका छोपी सेती निसान सामुदायिक वनको क्षेत्रभित्र प्रवेश गराएर करोडौंको काठ कटानी गराएको आरोप लगाएको छ ।

निवेदनमा भनिएको ‘हाम्रो जंगलमा लोपउन्मुख प्रजातिका ठिङ्गो, सल्लो, लालिगुँरास, भोजपत्र लगायत ४-५ सय रूख कटान गराई करोडौंको काठ बिक्री वितरण गरिएको पाइएको छ’, वनका अध्यक्ष विष्णु धामी, सचिव भरत धामीद्वारा हस्ताक्षिरित निवेदनमा भनिएको छ, ‘वन कटानीमा संग्लन हुनेलाई वन ऐन बमोजिम कारवाही गरी जलजला बासुधारा सेरी निसान सामुदायिक वन उपभोक्ता समितिको विगो नियम अनुसार असुल उपर गदी दिन माग गर्दैछौं ।’

यता प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले वन फडानी भएको स्थलको निरीक्षण गरेर कारवाही गर्न निर्देशन दिएको बताएका छन् ।

‘आज जिल्ला प्रशासनमा निवदेन दर्ता भएको छ,’ उनले भने, ‘मैले डिभिजन वन कार्यालयलाई स्थलगत निरीक्षण गरेर यथार्थ के हो बुझेर कानुन बमोजिम कारवाही गर्न निर्देशन दिइसकेको छु ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...