annapurna add

ghush pakrau

महानगरीय प्रहरी प्रभाग फर्पिङको इन्चार्जमा प्रहरी निरीक्षक सुजाता तुम्बाहाङ्फेलाई सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रवार उनको काज सरुवा गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले फर्पिङमा कार्यरत अनु लामालाई असोज ८ मा जिम्मेवारीबाट हटाएपछि सो ठाउँ खाली थियो । आठ महिनाअघि फर्पिङको इन्चार्ज समालेकी अनु आर्थिक विवादमा मुछिएपछि त्यहाँबाट हटाएर महानगरीय प्रहरी कार्यालयमा हाजिर गराइएको छ ।

अनुले व्यापारीसँग ‘आर्थिक डिल’ गरेको अडियो फेला परेपछि उनलाई जिम्मेवारीबाट हटाएको बताइएको छ । उनीमाथि महानगरीय प्रहरी कार्यालयले छानविन गरिरहेको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार