काठमाडौं । सार्वजनिक बसभित्र अश्लील गतिविधि गरेको अभियोगमा एक युवक चितवनबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ती युवकलाई सोमबार चितवनबाट पक्राउ गरेको हो ।

mastrubation२०७५ मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका ति व्यक्तिलाई आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको छ ।

सार्वजनिक यातायातको दादागिरीले यात्रुलाई सास्ती

लगनखेल–स्वयम्भू–डल्लु ?रूटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले अघिल्लो सीटमा बसेकी युवतीको कपालमा ह’स्तमैथुन गरी वीर्य स्खलन गरेका थिए ।

सार्वजनिक सवारी : सेवा कि सास्ती ?

ज्याकेट र खैरो ट्राउजर अनि चप्पल लगाएका ती युवक आफैंले भिडियो खि’चेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको आशंका छ । प्रहरीका अनुसार युवकले त्यस्तो हर्कत गरेको स्वीकारेका छन् ।

अब सार्वजनिक यातायातमा कविता, गजल, सायरी लेखे कार्वाही हुने (सूचनासहित)

अश्लील हर्कत गर्ने र पीडित युवती दुवैको अनुहार भिडियोमा देखिएको थिएन । जसका कारण प्रहरीलाई अपराधि पत्ता लगाउन मुस्किल परेको थियो । भिडियो सुरुमा अपलोड गरिएको समूहको पहिचान प्रहरीले गरेको थियो ।

अनुसन्धानका क्रममा सामाजिक सञ्जाल फेसबुकको मुख्यालयमा पनि इमेलबाट सम्पर्क गरेर सहयोग मा गिएको थियो । प्रहरीको खोजी सूचीमा रहेका ती युवक फरार थिए ।

उडिरहेको जहाजभित्र सेक्स गरेको भिडियो भाइरल (भिडियो हेर्नुहोस्)

यस्तो अपराध पुष्टि भए ६ महिनासम्म कैद र हजार रुपैयाँ जरिवाना हुनसक्ने व्यवस्था मुलुकी फौजदारी अपराध संहिता ऐनमा उल्लेख छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...