tealaya add

 

काठमाडौ। यौन दुव्र्यवहारको आरोप लागेका सप्तरीका दुई शिक्षक बिहीबार धरौटीमा रिहा भएका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको आदेशमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकुमार यादव र सिरहा लहान नगरपालिकाका ३५ वर्षीय रामकृष्ण यादव जनही रु ६५ हजार धरौटी राखी पुर्पक्षका लागि रिहा भएको अदालतले जनाएको छ । सप्तरी जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाका अनुसार पक्राउ परी थुनामा रहेका पशुपति र अदालतमा हाजिर भएका रामकृष्ण रु ६५ हजार धरौटी राखी तारेखमा रिहा भएका हुन् ।

जेठ २७ गते पक्राउ परेका पशुपतिलाई पुर्पक्षका लागि अदालतले धरौटीमा रिहा गर्ने आदेश गरेलगत्तै रामकृष्ण अदालतमा हाजिर भएका थिए । सुरुङ्गा नगरपालिका–२ स्थित जनता आधारभूत विद्यालय भेडिया, हर्दियामा अध्यापनरत निमावि राहत शिक्षकद्वयले छात्राहरुलाई कक्षाकोठा र कोचिङ कक्षामा यौन दुव्र्यवहार गर्ने गरेको भन्दै १४ वर्षीया बालिकाले इलाका प्रहरी कार्यालय कडरबोनामा जेठ २६ गते उजुरी दिएकी थिइन् । धरौटीमा रिहा भएका आरोपित शिक्षकले भने आफूहरुले बाल यौन दुव्र्यवहार नगरेको बताएका छन् । यसैबीच सप्तरीमा ११ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सप्तरीको बोदे बर्साइन नगरपालिका–३ का ३५ वर्षीय मोहम्मद मुस्ताकलाई बिहीबार पक्राउ गरेको छ ।

पीडितकी आमाले दिएको उजुरी र पीडितको बयानपछि आरोपितलाई पक्राउ गरी जबर्जस्ती करणीको उद्योगमा उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय, कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो । घरमा कोही नभएका बेला पानी खाने बहानामा सोमबार घर प्रवेश गरेका आरोपितले बलात्कार प्रयास गरेको पीडितले प्रहरीसमक्ष बयान दिएको प्रहरीले जनाएको छ । आरोपित सडक मजदूर हुन् । इलाका प्रहरी कार्यालय कल्याणपुरले पीडितको स्वास्थ्य परीक्षणपश्चात् उजुरी दर्ता गरी थप अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर