Rape 1सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ । वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । डीएसपी भारतकीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले बुधबार बिहान साहलाई पक्राउ गरिएको हो ।

स्थानीय एक महिलाले आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको डीएसपी भारतीले बताए । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

किन हुन्छन दैनिक बलात्कार ?

दुई दशकअगाडि बलात्कारका घटना देशैभर वार्षिक दुई सयको हाराहारीमा दर्ता हुन्थे। नेपाल प्रहरीको तथ्यांकअनुसार अहिले त्यो संख्या करिब १२ सय पुगेको छ। अर्थात् दुई दशकमा बलात्कारका घटना कम्तीमा ६ सय प्रतिशतले बढेको छ। बलात्कारका घटना किन बढिरहेछ भन्नेबारे खासै अध्ययन भएको छैन। आमसञ्चार र सामाजिक सञ्जालमा आएका टिप्पणी हेर्दा गरिबी, बेरोजगार, अशिक्षा, वैदेशिक रोजगार, अश्लील चलचित्र र पुरुषप्रधान सोच आदिका कारण बलात्कार हुन्छ भन्ने मान्यता स्थापित भएको देखिन्छ। तर समाजशास्त्रीहरू भने अपराधमा संलग्न व्यक्तिहरूको पृष्ठभूमिदेखिकै अध्ययन गर्नुपर्नेमा जोड दिन्छन्। बलात्कारका घटनामा कस्ता व्यक्तिहरूको संलग्नता हुन्छ भन्नेबारे अन्नपूर्ण पोस्ट्ले उपत्यकाभित्र दर्ता भएका केही घटनाको अध्ययन गरेको छ।

- पेसागत आधारमा हेर्दा महानगरीय प्रहरीपरिसर ललितपुरमा आर्थिक वर्ष ०७१÷०७२ मा दर्ता भएका बलात्कारका १७ जना अभियुक्तमध्ये पाँच विद्यार्थी, दुई बेरोजगार, दुई कर्मचारी र एकजना घरेलु कामदार छन्।

- त्यस्तै उमेर समूहको आधारमा हेर्दा, आर्थिक वर्ष २०७४÷०७५ मा दर्ता भएका बलात्कारका ११ जना अभियुक्तमध्ये ६० देखि ७० वर्ष उमेर समूहका तीनजना, १८ देखि ३० वर्ष उमेर समूहका चारजना र १७ देखि १० वर्ष उमेर समूहका चारजना छन्। आर्थिक वर्ष २०७३÷०७४ मा दर्ता भएका १० अभियुक्तमध्ये ५० वर्षदेखि ८४ वर्ष उमेर समूहका तीनजना, २८ देखि ४० वर्ष उमेर समूहका चारजना र १६ देखि १८ वर्ष उमेर समूहका तीनजना छन्।

यससँगै बालबलात्कारको घटना पनि कहालिलाग्दो छ। विडम्बना कस्ता मानिस बालयौन दुर्व्यवहारमा संलग्न हुन्छन् भन्ने अनुसन्धान भने भएको छैन। केन्द्रीय बालकल्याण समितिको रिपोर्टअनुसार २०७२ मा भएका ४४ बालयौन दुव्र्यव्यहारका घटनामध्ये ४८ प्रतिशत अपरिचित व्यक्तिबाट, ४१ प्रतिशत चिनजानका व्यक्तिबाट, ११ प्रतिशत हाडनाताका व्यक्तिबाट बलात्कारका घटना भएका छन्। हाडनाताका व्यक्तिबाट बलात्कृत हुनेहरूमध्ये तीनजना आफ्नै बुबाबाट, एकजना हजुरबुबाबाट र एकजना काकाबाट बलात्कृत भएको समितिको रिपोर्टमा उल्लेख छ।

यी तथ्यांकले बलात्कारका घटनामा कस्ता पीडक संलग्न हुन्छन् भन्ने संकेतसम्म गर्छन्, तर यी आफैंमा पूर्ण विवरण होइनन्। बरु यी छरपस्ट तथ्यांकले हाम्रो प्रहरी-प्रशासन तथ्यांक अभिलेखीकरणमा कति कमजोर रहेछ भन्ने देखाउँछ। तथ्यांक अभिलेखीकरण नै राम्रो नभएपछि घटनाका कारणको खोजीकार्य कतिसम्म उदासीन छ भन्ने प्रस्ट भइहाल्छ।

पीडकको वर्ग, शिक्षा र पेसा

- महानगरीय प्रहरीपरिसर काठमाडौंको थुनुवा कक्षमा भेटिएका ६५ वर्षीय बलात्कारका अभियुक्त श्यामकृष्ण शर्मा (नाम परिवर्तन) नियमित टेलिभिजन हेर्थे। पेसाले किसान उनी निरक्षर हुन्। मध्यम वर्गीय आर्थिक पृष्ठभूमि भएका उनी आपूmलाई कुनै पनि मादक पदार्थका लती नभएको बताउँछन्। तीन वर्षअघि श्रीमतीको मृत्यु भएपछि घरमा उनी एक्लै बस्थे।

- सोही थुनुवा कक्षमा भेटिएका अर्का बलात्कारकै अभियुक्त २४ वर्षीय कुमार अवस्थी (नाम परिवर्तन) मजदुरी गर्थे। १२ कक्षासम्म अध्ययन गरेका उनी दिनभर कारखानामा काम गर्थे। आमासँग बस्दै आएका उनको बुबा वैदेशिक रोजगारका लागि खाडीमा छन्। निम्नवर्गीय आर्थिक पृष्ठभूमि भएका उनी मोबाइल भने नियमित प्रयोग गर्थे।

यी दुई अभियुक्तले बलात्कारका घटनामा फरक पृष्ठभूमिका मानिसको संलग्नता हुने देखाउँछ। राष्ट्रिय महिला आयोगकी उजुरी व्यवस्थापक अधिवक्ता विमला खड्का पनि एउटा वर्ग वा समुदायबाट मात्रै बलात्कारका पीडक सिर्जना हुन्छन् भन्न गाह्रो हुने बताउँछिन्। ‘यौनजन्य अपराधमा जुनसुकै वर्ग र समुदायका मानिसहरू संलग्न छन्’, खड्का भन्छिन्। बलात्कारका अधिकांश घटना अव्यवस्थित तथा बाक्लो बस्तीमा हुने गरेको उनको निचोड छ। सम्पन्न वर्गबाट त्यस्ता घटना सार्वजनिक नहुने र विपन्न वर्गको क्षेत्रबाट मात्रै रिपोर्टिङ बढी आएकाले पनि त्यस्तो हुन सक्ने उनी बताउँछिन्।

माइती नेपालकी कानुन अधिकृत अधिवक्ता सजनी जोशी पनि बलात्कारका पीडक उच्च वर्गदेखि तल्लो वर्गसम्मका हुने गरेको बताउँछिन्। गत वर्ष माइती नेपालमा दर्ता भएका ४० बलात्कारका मुद्दामध्ये पीडितलाई मन पराएको केटा र आफन्त धेरै भएको देखिन्छ। पीडकको तर्फबाट अढाइ दशकदेखि वकालत गर्दै आएका अधिवक्ता योगेन्द्रबहादुर अधिकारी अधिकांश बलात्कार घटनामा पीडकले आर्थिक प्रलोभन दिएर बलात्कार गर्ने गरेको पाइएको बताउँछन्। ‘आर्थिक रूपमा कमजोर मानिसमाथि यस्ता घटना बढी भएका छन्’ अधिकारी भन्छन्, ‘आर्थिक प्रलोभन दिएर अर्काको अस्मितामाथि मजा लुट्ने आपराधिक मनोवृत्तिका मानिस यस समाजमा छन्।’

कसैले उचालेकै भरमा अर्काको अस्मिता लुट्न जाने प्रवृत्तिका पीडक पनि बाक्लै भेटिएको अधिवक्ता अधिकारीको अनुभव छ। आर्थिक रूपमा सक्षमहरूले घटना लुकाउने गरेकाले पनि धेरै मुद्दा बाहिर आउन नसकेको उनको ठम्याइ छ। कतिपय पीडक सम्पन्न वर्गबाट पनि हुने गरेको र त्यस्ता व्यक्तिबाट भएका घटना आर्थिक प्रलोभन र राजनीतिक पहुँचका कारण बाहिर आउन नसकेको उनको भनाइ छ।

शिक्षित र बौद्धिक व्यक्ति पनि पीडक रहेको बताउँछन् अधिवक्ता अधिकारी। भन्छन्, ‘मौका पाउनेबित्तिकै जुनसुकै वर्गका मानिसले यस्ता अपराध गर्छन्। निकै पढेलेखेका विद्वान्ले पनि यौन दुर्व्यवहार गरेको पाइएको छ।’ माइती नेपालकी कानुन अधिकृत जोशी प्रतिष्ठित संस्थाका म्यानेजिङ डाइरेक्टरसम्म पीडक रहेको पाइएको बताउँछिन्। समाजमा बलात्कारी व्यक्ति कसरी जन्मिन्छन् ? समाजशास्त्री डा. रामहरि ढकाल भन्छन्, ‘तेस्रो विश्वको गरिब मुलुकमा राजनीतिक अस्थिरता छ र समाजलाई गरिबी र पछोटेपनले गाँजेको छ। त्यस्तो ठाउँमा बलात्कारका घटना हुन्छन्।’ नेपालमा साक्षरता दर कम हुनु, बलात्कारसम्बन्धी कानुन फितलो हुनु र बनेका कानुन पनि लागू नहुनुले शक्तिको दुरुपयोग गर्नेका लागि उपयुक्त समय मिलेको उनको बुझाइ छ।

समाजशास्त्री ढकाल बलात्कारका घटनालाई पुँजीवादी समाज व्यवस्थासँग जोड्न आवश्यक ठान्छन्। भन्छन्, ‘नेपाली समाज सामन्तवादी स्वरूपबाट पुँजीवादमा गएको छ। हिजो गाउँमा डिट्ठा जिम्वाल, प्रधानहरूले कमजोर वर्गका छोरीचेलीमाथि हातपात गर्थे। अहिले धनको आडमा धनाढ्यहरूले गरिरहेका छन्। धनको उन्मादले बलात्कारका घटना भएका छन्।’ समाजशास्त्री डा. मिना उप्रेती भने बलात्कारलाई सामाजिक संरचनाको उपज ठान्छिन्। भन्छिन्, ‘बलात्कार समाजकै उपज हो। समाज जब विचलन र निराशामा जान्छ, त्यसबेला अपराध बढ्छ। पारिवारिक विचलन र विखण्डन आउँदा बलात्कारका घटना बढ्छन्।’

बलात्कार इतिहासबाट निर्देशित भएको ठम्याइ छ उप्रेतीको। भन्छिन्, ‘विष्णु, जालन्धरलगायत पुरुष ‘भगवान्’ सँग बलात्कार गर्ने अधिकार थियो भनिन्छ। त्यो धार्मिक मिथकबाट अहिलेको समाज पनि गाइडेड छ।’ युगौंदेखि जरा गाडेर बसेको धर्म, कानुन, मूल्य, मान्यता, मिथक र फितलो कानुनका कारण समाजमा बलात्कारी बढिरहेको उनी बताउँछिन्। त्यस्ता व्यक्ति जन्मनुको मुख्य दोषी राज्य देख्छिन् उनी। भन्छिन्, ‘बलात्कारी व्यक्ति जन्मिनुको अन्तर्यको दोषी राज्य नै हो।’

प्रविधि कति जिम्मेवार ?

-काठमाडौं बस्दै आएकी २२ वर्षीया क्रिस्टिना खत्री (नाम परिवर्तन) र दिलिप शर्मा (नाम परिवर्तन) बीच फेसबुकमा भेट भयो। फेसबुकमै एक साता निरन्तर कुराकानी पनि भयो। उनीहरू दुई महिनापछि नाइट क्लब जान थाले। एक रात नाइट क्लबबाट घर फर्कंदा दिलिपले क्रिस्टिनालाई बलात्कार गर्‍यो। मुद्दा अदालत पुग्यो, तर पीडित परिवारले नै मुद्दा फिर्ता लियो।

- उपत्यकाको एक मन्दिरका सन्न्यासी गोप्य कोठामा नियमित अश्लील भिडियो हेथ्र्यो। एक बालिकालाई फकाइ-फकाइ गोप्य कोठामा लैजाने र संवेदनशील अंगमा छुने गथ्र्यो। एक दिन बालिकाले आफन्तलाई सन्न्यासीको हर्कतबारे भनेपछि घटना सार्वजनिक भयो र उसलाई प्रहरीले पक्राउ गर्‍यो। यी प्रसंगले बलात्कारमा सूचना प्रविधिको दुरुपयोगले पनि भूमिका खेल्ने गरेको देखाउँछन्। पछिल्लो समय नेपालीको हातहातमा प्रविधिको पहुँचसँगै पोर्नोग्राफीमा पहुँच पनि बढेको छ। संयोग र निमित्त कारण छुट्ट्याउन मुस्किल पर्ने गरी एकातिर बलात्कारको घटना बढिरहेको छ भने अर्कोतिर प्रविधिमा नेपालीको पहुँच पनि बढिरहेको छ।

दुई दशकको अवधिमा ६ सय गुणाले बलात्कारका घटना बढ्नुको खास कारण यही नै हो भनी किटान गर्न सकिने अवस्था छैन। प्रविधि प्रयोगकर्तामध्ये कतिले पोर्नोग्राफी हेरी बलात्कारका घटनामा संलग्न हुन्छन् भन्नेबारे कारण खोज्न झनै मुस्किल छ। तर बलात्कारका घटना बढ्नुमा प्रविधिले भित्र्याएको पोर्नोग्राफी पनि जिम्मेवार रहेको सरोकारवालाहरू बताउँछन्। बलात्कारका घटना पहिलेको तुलनामा अहिले बढेजस्तो देखिनुमा उजुरी दिने पीडितको संख्या पहिलेको तुलनामा बढेकाले पनि हुन सक्ने बताउँछिन् राष्ट्रिय महिला आयोगकी सदस्य मोहना अन्सारी। तर आजको समाजमा बलात्कारका घटना बढ्नुमा मानिसको हातहातमा पुगेको मोबाइलको दोष देख्छिन् समाजशास्त्री डा. उप्रेती।

प्रविधिले जीवनशैलीलाई छिटोछरितो र सहज बनाएको छ। तर यही प्रविधिको दुरुपयोग गरी कतिजनाले पोर्नोग्राफी हेर्छन् र हेर्नेमध्ये कतिजना बलात्कारमा संलग्न हुन्छन् भन्ने निक्र्योल गर्न निकै कठिन छ। प्रविधि र बलात्कारको सम्बन्धबारे बृहत् अनुसन्धान नै गरिनुपर्ने विज्ञहरूको मत छ। प्रहरी अधिकारीहरू भने बलात्कारका घटना बढ्नुमा प्रविधिको २० प्रतिशत भूमिका भएको बताउँछन्। यद्यपि अधिकारीहरूको यो धारणा पनि अनुमान मात्र हो, अनुसन्धानमा आधारित भने होइन।

प्रविधिले समाजलाई कस्तो बनाउँदैछ ? त्यसको सदुपयोग र दुरुपयोग कसरी भइरहेको छ ? यसको अनुगमन गर्ने नीति सरकारसँग देखिँदैन। नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल समाजमा द्वेष फैलाउने, उछृंखल गतिविधि निम्त्याउन सक्ने सामग्री प्रवाह नगर्न इन्टरनेट प्रदायक कम्पनीलाई निर्देशन जारी गरिएको बताउँछन्। प्रविधिको विस्तारसँगै भित्रिने विकृति रोक्ने गरी राष्ट्रिय नीति बनाउन प्राधिकरणले नेपाल सरकारलाई मस्यौदा बनाई सिफारिस गरिएको प्रवक्ता अर्याल बताउँछन्।

प्रविधि र बलात्कारको अन्तर्सम्बन्ध

बलात्कारका घटना बढ्नुका विभिन्न कारणमध्ये पोर्नोग्राफी एउटा रहेको बताउँछिन् समाजशास्त्री डा. उप्रेती। इन्टरनेटको दुरुपयोगकै कारण बलात्कारका घटना बढिरहेको बताउँछिन् माइती नेपालकी लिगल अफिसर तथा अधिवक्ता जोशी पनि। राष्ट्रिय महिला आयोगकी उजुरी व्यवस्थापक तथा अधिवक्ता खड्का विद्युतीय संञ्चारमार्फत महिलामाथि यौनजन्य दुव्र्यव्यहारका घटना बढेको बताउँछिन्। प्रविधिको विकासलाई सही तरिकाले प्रयोग गर्न नसक्दा महिला तथा बालिका हिंसाको सिकार हुनुपरेको उनको धारणा छ। प्रविधिकै कारण यौन शोषण बढेको उनको ठम्याइ छ। भन्छिन्, ‘केटाकेटीबीच भावनात्मक र अन्तरंग कुराकानी हुने, नजिकपना बढ्दै जाने, आपसमा विभिन्न कुरा साटासाट हुने, जब सम्बन्धमा खटपट सुरु हुन्छ त्यसपछि ब्याकमेलिङ गर्ने र यौनशोषण गर्ने प्रवृत्ति बढेको छ। यस्ता मुद्दा आयोगमा थुपैै्र आएका छन्।’

गत वर्ष बीबीसीमा पोर्नोग्राफी र बलात्कारसम्बन्धी एउटा रिपोर्ट प्रकाशित भएको थियो। विभिन्न अनुसन्धाताले गरेका अनुसन्धानका आधारमा तयार पारिएको उक्त रिपोर्टमा प्रशस्त द्विविधा देखिए। कतिपय अनुसन्धाताले पोर्नोग्राफी र बलात्कारबीच सम्बन्ध नरहेको बताए पनि कतिपयले भने गहिरो सम्बन्ध रहेको दाबी गरे। एउटा कथन छ- पोर्नोग्राफी सिद्धान्त हो, बलात्कार त्यसको अभ्यास ! यो कथन सत्यको नजिक रहेको बताउँछिन् समाजशास्त्री डा. उपे्रती। भन्छिन्, ‘प्लस टु पढ्ने टिन एजरसम्मले मोबाइलमा पोर्नोग्राफी हेर्छन्। त्यस्ता भिडियो हेरेपछि उनीहरूको दिमागमा ‘भिज्युलाइज्ड’ भएर बस्छ। त्यसपछि उक्त भिज्युअललाई अभ्यास गर्न थाल्छ।’

युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धानदाता नेल मालामुथले पोर्नोग्राफी र यौन हिंसाबारे झन्डै तीन सयजनामा गरेको अनुसन्धानको निचोड थियो— जोसँग पहिलेदेखि नै तीव्र यौनइच्छा छ र ऊ सेक्सका लागि जस्तोसुकै कदम उठाउन तयार हुन्छ, त्यस्ता व्यक्तिले पोर्नाेग्राफी हेरे भने यौनजन्य अपराध गर्ने सम्भावना बढी हुन्छ।

सोही रिपोर्टमा एक १७ वर्षीया बेलायती किशोरीलाई नियमित पोर्नोग्राफी हेर्ने ब्वाइफ्रेन्डले पोर्नस्टारको जस्तै कपडा लगाउन र उनीहरूको जस्तै व्यवहार गर्न दबाब दिने गरेको उल्लेख छ। अत्यधिक पोर्नोग्राफी हेर्नेहरू यौनकोे मामिलामा आफ्नो साथीसँग कम सन्तुष्ट हुने युनिभर्सिटी अफ वेस्टर्न ओन्टोरियोका अर्का अनुसन्धाता डोग्लास केनरिकले बताएका थिए। उनले सन् १९८९ मा यौनलाई केन्द्रित गरेर अनुसन्धान गरेका थिए। उनको अनुसन्धानको निचोड थियो- पोर्नोग्राफी हेर्ने डिभोर्ससम्म पुग्छन्।

अमेरिकामा पोर्नोग्राफी हेर्न सुरु भएपछि डिभोर्स गर्नेहरू झन्डै दोब्बरले बढेको उनको अध्ययनले देखाएको बीबीसीले उल्लेख गरेको थियो। पुरुषहरू जति धेरै पोर्नोग्राफी हेर्छन्, त्यति नै आफ्नो महिला पार्टनसँग असन्तुष्ट हुने विभिन्न अनुन्धानको निष्कर्ष उक्त रिपोर्टमा छ। त्यस्तै सन् २००२ देखि २००४ सम्मको अर्को अनुसन्धानलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ- पोर्नोग्राफी अत्यधिक हेर्नेका सेक्स पार्टनर धेरै हुन्छन्। उनीहरू सेक्सका लागि जेसुकै गर्न र जति पनि पैसा खर्च गर्न तयार हुन्छन्।

d791f037 7646 44e3 a1b3 93800db48785कलकत्ता विश्वविद्यालयका प्रोफेसर जगदीश्वर चतुर्वेदी एक भारतीय समाचार संस्थालाई अन्तर्वार्ता दिँदै संसारमा सञ्चार क्रान्तिसँगै पोर्नोग्राफी मानिसको हातहातमा पुगेको बताउँछन्। त्यसले मानिसलाई यौन हिंसातर्फ धकेल्ने उनको भनाइ छ। भन्छन्, ‘पोर्नोग्राफी हेर्ने मानिसहरू महिलालाई कसरी नियन्त्रण गर्ने भन्नेबारे सोच्छन्।’ उनी पोर्नोग्राफीका कारण समाजमा अश्लील र कामुक भाषाको बाढी नै आएको बताउँछन्। त्यस्ता भाषाले समाजलाई असर गर्ने उनको धारणा छ। भारतमा हरेक २२ मिनेटमा एउटा बलात्कारसम्बन्धी मुद्दा दर्ता हुने गरेको बताइन्छ। त्यस्तै जर्ज मसन विश्वविद्यालयले गरेको सर्वेक्षणअनुसार हरेक तीनजना अमेरिकी महिलामध्ये एकजना यौनजन्य हिंसाको सिकार हुने गर्छन्। अमेरिकामा यौनजन्य अपराधमा जेल परेका पुरुषमध्ये ७७ प्रतिशतले पोर्नोग्राफी हेर्ने गरेको स्वीकार गरेको बताइन्छ।

बलात्कारको घटना बढ्नुमा मुख्य कारणमध्ये पोर्नोग्राफी पनि एउटा कारण रहेको बताउँछन्, महानगरीय प्रहरीपरिसर काठमाडौंका उपरीक्षक रामदत्त जोशी। परिसरमा आउने बलात्कारका उजुरीका आधारमा उनी २० प्रतिशत बलात्कारका घटनाको कारण सूचना प्रविधि र त्यसको माध्यमबाट हेरिने पोर्नोग्राफीलाई मान्छन्। भन्छन्, ‘बलात्कारका घटनामध्ये करिब २० प्रतिशत पोर्नोग्राफीले निम्तिएको छ।’

शिक्षित र विकसित देशमा सामाजिक सञ्जाल सदुपयोग भइरहेको र अविकसित देशमा दुरुपयोग भएकाले बलात्कारका घटना बढेको हुन सक्ने बताउँछिन् राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य अन्सारी। भन्छिन्, ‘अशिक्षा, गरिबी र बेरोजगारले व्याप्त नेपालमा प्रविधिको सही सदुपयोग हुन सकेको छैन।’ सामाजिक सञ्जालसहित अनलाइन पोर्टलहरूले भल्गर सामग्री प्रकाशित गरी यौनजन्य अपराधलाई प्रोस्ताहित गरेको उनी बताउँछिन्। माइती नेपालकी कानुन अधिकृत अधिवक्ता जोशी पनि बलात्कारका घटना बढ्नुमा पोर्नोग्राफीको दोष रहेको बताउँछिन्।

अधिवक्ता अधिकारी बलात्कारका घटना बढ्नुमा पोर्नोग्राफी र सामाजिक सञ्जाल जिम्मेवार रहेको बताउँछन्। ‘पहिला फेसबुकबाट नजिक हुने, त्यसपछि महिलाको सामाजिक हैसियत, पारिवारिक अवस्था बुझ्ने र मौका छोपी अपराधमा संलग्न हुने गरेको देखिन्छ’, उनी भन्छन्। केन्द्रीय अपराध अनुसन्धान ब्युरोका पूर्वप्रमुख डीआईजी पुस्कर कार्की सोसल मिडियाबाट मानिसबीच पहिलेको तुलनामा सम्बन्ध वृद्धि हुँदै गएकाले सही नियत नहुनेका लागि सामाजिक सञ्जाल अवसर सावित भएको बताउँछन्। पोर्नोग्राफी र बलात्कारको अन्तरसम्बन्ध देख्छन् उनी। भन्छन्, ‘पोर्नोग्राफीले मानिसलाई बलात्कारतर्फ उन्मुख गराउन सक्छ।’

प्रकासित मिति

Loading...
Loading...

 

Loading...