tealaya add

silver smuggle kantipathnews(फाइल फाेटाे)

महोत्तरी । सशस्त्र प्रहरीले चेकजाँचको क्रममा महोत्तरीमा एक जना युवालाई १५ किलो चाँदी र बैंकको एटिएम कार्डहरुसहित पक्राउ गरेको छ । जिल्लाको मठिहानीस्थित सशस्त्र प्रहरीले तस्करीको आशंकामा उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अबैद्य रुपमा ठूलो परिणामको चाँदी लिएर भारतीय गाडीमा हिडेको अवस्थामा उनी पक्राउ गरेका हुन । पक्राउ हुनेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का ३२ वर्षीय वीरेन्द्र महतो रहेको बुझिएको छ ।

महतो बीआर ३२ एल ०९८९ भारतीय नम्बरको मोटरसाइल चढेर भारततर्फ जाने क्रममा चेकजाँच गर्दा उनको हेल्मेटभित्र उक्त चाँदी भेटिएको बताइएको छ ।

उक्त परिणामको चाँदीको बजार मूल्य हाल करिब १० लाख रहेको छ । पक्राउ परेका महतोको साथबाट प्रहरीले केही बैंकको एटिएम कार्ड र भारतीय पहिचान पत्र समेत फेला पारेको बताएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकासित मिति

Loading...
Loading...