annapurna add

सिरहाको कल्याणपुर नगरपालिका–११ बाट चारवटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले जाँच गर्ने क्रममा मापदण्ड विपरीत कम भ्याट बिल काटेर गिट्टी लोड गरी लैजाँदै गरेका ना ७ ख ६३८६, ना ७ ख ४०३२, ना ६ ख ५६६३ र को १ ख ६८२४ नंको टिप्पर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका टिप्पर आवश्यक कार्वाहीका लागि आन्तरिक राजस्व कार्यालय लहान सिरहा कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यस्तै बिनामास्क लगाएर हिँड्डुल गरिरहेका २५ जनालाई सिरहा प्रहरीले पक्राउ गरी कार्वाही गरेको छ ।

सो क्रममा मास्क नलगाई हिँड्डुल गर्ने २९७ जनालाई पहिलो पटकका लागि सम्झाई–बुझाई घर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर