prince andrew

बेलायती राजकुमार एन्ड्रयूले आफू राजकीय दायित्वबाट पछि हट्ने बताएका छन् । ड्युक अफ यार्क राजकुमार एन्ड्रयूले जेफरी एपस्टिन काण्ड राजपरिवारका लागि ठूलो अवरोध बनेकाले आफू राजकीय जिम्मेवारीबाट पछि हट्ने निर्णयमा पुगेको बताएका हुन् ।

५९ वर्षका राजकुमार एन्ड्रयूले यसका लागि आफूले महारानी एलिजाबेथ द्वितियसँग अनुमति माग गरेको बताएका छन् । यौन शोषण सम्बन्धी जेफरी एपस्टिन मामिलाका सबै पीडितप्रति आफ्नो सहानुभूति रहेको राजकुरमा एन्ड्रयूले बताएका छन् ।

यस्तै यो घटनामा सबैलाई न्याय होस् भन्ने चाहनेहरु प्रति पनि आफ्नो सहानुभूति रहेको उनले उल्लेख गरेका छन् । राजकुरमा एन्ड्रयूले अमेरिकी फाइनान्सर जेफरी एपस्टिनसँगको आफ्नो मित्रताका सम्बन्धमा हालै बिबिसीलाई अन्तर्वार्ता दिएका थिए । त्यसपछि उनको तीव्र आलोचना भएको हो ।

पछिल्लो केही महिनादेखि एपस्टिनसँगको सम्बन्धलाई लिएर राजकुमारमाथि विभिन्न प्रश्न गरिएको थिए । एपस्टिनले गएको अगस्टमा सेक्स–ट्रयाफिकिङ्ग सम्बन्धी मुद्दाको सुनुवाईको क्रम जारी रहेकै बेला आत्महत्या गरेका थिए ।

एपस्टिनमाथि आरोप लगाउने महलिा भर्जिनिया गिफ्रेले राजकुमार एन्ड्रयूसँग तीनपटक यौन सम्बन्ध कायम गर्न बाध्य पारिएको दाबी गरेकी छन् । राजकुमार एन्ड्रयूले यी आरोपहरु अस्वीकार गर्दै आएका छन् ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर