1478958692 banner ad format

 
 

काठमाडौँ - सुरङ्गना फिल्म्सको ब्यानरमा बनेको चलचित्र ‘गोर्खेः कथा गोर्खेको’ को पहिलो गीत सार्वजनिक गरिएको छ ।

A Gurung Movie Gorkhe min

सार्वजनिक गीतले बिशुद्ध गाउँको कथाब्यथा बोकेको छ । आर.सी. रिमालको स्वर, पटना राई र निम्रोत राईको संगीतमा रहेको गीतमा निम्रोत राईको शब्दरचना रहेको छ । गीतमा शाह शाक्यको एरेन्जमेन्ट रहेको छ ।


गीतमा ‘भंगेरी डन’को रुपमा परिचित ए गुरुङलाई फिचरिङ गरिएको छ । छिट्टै नै प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई एस.पि. आचार्यले निर्देशन गरेका छन् ।

हरी लामाको लगानीमा बनेको चलचित्रको कथा नविन गुरुङले लेखेका हुन् भने पटकथा तथा संबाद राजु तामाङले तयार पारेको हुन् । क्राईसिस ज्याकको सिनेम्याटोग्राफीमा बनेको चलचित्रमा ए गुरुङको अलावा, बुद्ध तामाङ, मन तामाङ, भुवन तामाङ, चीजमाया घले, बुलेट तामाङ, ज्योती योञ्जन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood