annapurna add

ebeli 1

इन्स्टाग्राममा आफ्नो फोटो मात्र पोस्ट गरेर एक महिलाले वार्षिक करोडौ कमाउने गरेको खुलासा भएको छ । रोमानियाकी एन्ड्रिया एबेली नाम गरेकी प्रभावशाली इन्स्टाग्राम स्टार मोडलले फोटो पोस्ट गरेर वार्षिक करोडौँ रुपैयाँ कमाउने गरेकी हुन् ।

३५ वर्षीय एबेलीले प्लास्टिक सर्जरी गरेर उनले नितम्ब ठूलो बनाएकी छिन्। आकर्षक नितम्बका तस्बिरहरू इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करिब १७ करोड रुपैयाँ कमाउने गरेको उनको दाबी छ।

उनलाई इन्स्टाग्राममा ३१ लाखभन्दा बढी मानिसले फलो गरेका छन्। हरेक इन्स्टाग्राम पोस्टमा उनले ४ सय १० पाउन्डदेखि ४ हजार १ सय पाउन्डसम्म कमाउने गरेकी छिन्।

सामाजिक सञ्जालमा आफू लोकप्रिय हुनुको कारण इमानदारी भएको उनी बताउँछिन्। ‘मैले प्लास्टिक सर्जरी गरेर नितम्ब ठूला र आकर्षक बनाएकी हुँ,’ उनी भन्छिन्, ‘यो कुरा मैले कसैसँग लुकाएकी छैन। मेरो इमानदारीले मलाई लाखौँ प्रशंसक दिलाएको छ। यौनाकर्षण र हँसीमजाकलाई मिलाएर इन्स्टाग्राममा मनोरञ्जक सामग्री पस्कने गरेकी छु।’

एबेलीको नितम्ब मन पराउनेको संख्या लाखौँ भएपनि केहीले उनलाई देखिसहँदैनन् । एबेली आफू सामाजिक सञ्जालमा लोकप्रिय हुनुको कारण इमानदारी जनाउँछिन् । एबेलीलाई मन नपराउने व्यक्तिहरुले गरेको घृणा र निन्दाले भरपूर सन्देशबाट उनलाई फरक भने परेको छैन ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...