1478958692 banner ad format

 
 

काठमाडौँ - रमेश उप्रेती र दीपिका प्रसाई अभिनीत ‘ऐश्वर्य’ को गीत ‘तिमी रोएको पल...’ सार्वजनिक भएको छ । गीत रिलिजको दुई दिन नबित्दै झन्डै छ लाख पटक युट्युबमा हेरिएको छ ।

पछिल्लो समय फिल्म संगीतमा जमेका अर्जुन पोखरेलले आफ्नै शब्द र संगीतमा सुगम पोखरेल र अन्जु पन्तलाई गवाएका हुन् । मुस्ताङका रमणीय दृश्यलाई समेटेर तेन्जु योन्जन र एन्जिला खत्रीले कोरियोग्राफी गरेको गीतलाई सुदीप बरालले खिचेका हुन् ।

दिवाकर भट्टराईको निर्देशन रहेको ‘ऐश्वर्य’ कात्तिक २ देखि देशव्यापी प्रदर्शनमा आउँदै छ । अभिनेताका रूपमा चल्तीमै रहेका बेला केही वर्ष अमेरिका बसेपछि फिल्म क्षेत्रबाट निष्क्रिय देखिएका रमेश गत वर्ष ‘ब्रासलेट’ मार्फत कमब्याक भएका थिए । निर्मल शर्मा निर्देशित उक्त फिल्मले रमेशलाई व्यावसायिक र समीक्षात्मक दुवै हिसाबले सन्तुष्टि दिन नसकेका बेला ‘ऐश्वर्य’ को पहिलो गीतबाटै प्रशंसा पाएका छन् ।

 गीतमा रमेशको जोडी बनेकी दीपिका यसै फिल्मबाट डेब्यु गर्न लागेकी हुन् । फिल्ममा उनी सुपर मोडलको भूमिकामा हुनेछिन् । 

किरण राणा उप्रेती र अर्जुन श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्ममा दीर्घ खड्काको सम्पादन, हिमाल केसीको द्वन्द्व रहेको छ । फिल्ममा रमेश र दीपिकासँगै केकी अधिकारी, प्रशान्त ताम्राकार, केशव भट्टराई, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेन्जु योन्जन, अर्जुनजंग शाही, सुनीता ठाकुर लगायतको अभिनय रहेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood