tealaya add

ranbir

बलिउडकी चर्चित नायिका आलिया भट्ट पछिल्लो समय सफलता पाइरहेकी छिन्।आलिया बलिउडमा प्रवेश गरेसँगै पछिल्लो समय उनको प्रेम जीवन पनि चर्चामा छ। उनी अहिले नायक रणवीर कपुरसँगको प्रेममा छिन्। हालै एक मिडियासँग कुराकानीमा आलियाले भविष्यमा दुई सन्तानलाई जन्म दिने इच्छा भएको बताएकी छिन्।

आकंक्षा रन्जनसँग एक खेल खेल्ने क्रममा उनले यो कुरा खेलेकी हुन्। आलियाले आकंक्षासँग एक गेम खेलेको भिडियो सार्वजनिक गरिन्। जहाँ उनीहरुले एक–अर्कालाई कसरी चिन्छन् भन्ने देखाउन खोजिएको छ।

सोही भिडियोमा उनले आफूलाई २ सन्तानको आमा बन्ने इच्छा भएको बताएकी छिन्। उनले यो कुरा रणवीरलाई पनि सुनाएको बताएकी छिन्। उनले २ सन्तानको रहर नै किन गरिन् भन्ने विषय भने खुलाएकी छैनन्।

प्रकासित मिति

 
 
Loading...
Loading...