annapurna add

allu arjun

साउथ सुपरस्टार अल्लू अर्जुन स्टार फिल्म ‘आल्हा वैकुण्ठप्रेमुलु'ले धमाकेदार व्यापार गरेको छ । भारतीय मिडियाका अनुसारफिल्म सबैभन्दा ठूलो इन्डियन ओपनर बन्दै ‘बाहुबली’ को रेकर्ड समेत तोडेको छ । फिल्मले अमेरिकामा समेत ‘बाहुबली’ को रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको बताइएको छ ।

फिल्मको प्रिमियरको ६० हजारभन्दा धेरै टिकट विक्री भएको छ र फिल्मले पहिलो दिन घरेलू बक्सअफिसमा ५५ करोडको व्यापार गरेको बताइएको छ ।

त्रिविक्रम श्रीनिवास निर्देशित फिल्म अल्लूसँगै तब्बू, सुशान्त, नवदीप, निवेथा पेथुराज, राजेन्द्र प्रसाद, वेनेला किशोर, सत्यराजलगायतका कलाकारहरुको अभिनय छ ।

आल्हा वैकुण्ठप्रेमुलु’ मा पूजा हेगडेले सफ्टवेयर कम्पनीको सिइओको भूमिका निभाएकी छन् । त्यस्तै, बलिउड अभिनेत्री तब्बू यो फिल्मबाट वर्षौपछि टलिउडमा फर्किएकी हुन् । उनले फिल्ममा अल्लू अर्जुनकी आमाको भूमिका निभाएकी छन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...