Hidden
भिलेन बन्दै आमिर खान !
बलिउड नायक आमिर खान यतिखेर 'लाल सिंह चड्ढा' सिनेमाको सुटिंगमा ब्यस्त छन् 'लाल सिंह चढ्डा'को सुटिङ सकिए लगत्तै आमिर खान तमिल सिनेमा' विक्रम वेधा'को हिन्दी रिमेकमा खलनायक भन्ने भएका छन्। सिनेमामा सैफ अलि खान प्रहरी अधिकारीको मूख्य भूमिकामा देखिनेछन्।
'विक्रम वेधा' आर माधवन तथा विजय सेतुपत्ती अभिनित ब्लकबस्टर तमिल सिनेमा हो। सिनेमा सन् २०१७ मा रिलिज भएको थियो।
सिनेमालाई निरज पाण्डेले निर्माण गर्नेछन्। सिनेमाको तमिल संस्करणलाई गायत्री पुष्करले निर्देशन गरेका थिए। हिन्दी संस्करणको पनि उनले नै निर्देशन गर्ने सम्भावना रहेको छ।
प्रकासित मिति
Loading...
Loading...
Loading...