tealaya add

amitab
बलिउडमा महानायकको उपाधिबाट कहलिएका अमिताभ बच्चनको कलेजोमा समस्या आएको खबर बाहिरिएको छ ।देख्दा हट्ट-कट्ट देखिए पनि उनको कलेजो ७५ प्रतिशत काम नलाग्ने भइसकेको उनि आफैले बताएका छन् ।

अमिताभ बच्चन ७६ वर्ष पुगिसकेका छन् । उनले एक अन्तर्वार्ताका क्रममा आफ्नो ७५ प्रतिशत कलेजो खराब भइसकेको र २५ प्रतिशतले बाँचेको बताए । ‘मलाई क्षयरोग छ, अरु पनि रोग छन्, रोगबारे थाहा पाउन सके यसको उपचार पनि सम्भव छ ।’ उनले आम मानिसलाई नियमित चेकजाँच गर्न पनि सल्लाह दिए ।

पछिल्लो समय अमिताभ बच्चन ‘कौन बनेगा करोडपति’बाट पर्दामा आएका थिए । साथै पछिल्लो समय उनी अभिनित फिल्म ‘बदला’ ले पनि राम्रो प्रतिक्रिया पाएको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...