tealaya add

ghati bhanda tala

काठमाडौ । पछिल्लो समय नेपाली गीत-संगीत क्षेत्रमा 'भाइरल' बन्ने होड-बाजी चलिरहेको छ। चर्चा कमाउनकै लागी र युटुबको ट्रेन्डिङमा आउनका लागी नेपाली समाज,नेपाली संस्कृतीलाई पाच्य नहुने शब्द हरुको प्रयोग बढ्दै गएको छ।हिजोआज राम्रा गीत निकाल्न भन्दा पनि भाइरल हुने गीत निकालेर केही समय रमाउनका लागि गायक–गायिका,भाइरल हुने गीतमा मोडलिङ गरेर भ्यूजका आधारमा आफ्नो लोकप्रियता बढाउने नायक नायिका प्रसस्त छन्।

चर्चा कमाउने होड बाजीमा गायक आर्जन पाण्डे आलोचनाको विषयमा शुद्ध रहन सकेनन्।इन्दिरा जोशी संगको 'रेलिमाई' गीत वाट राम्रो चर्चा पाएका पाण्डे यो पटक भने आलोचना र विवादको सिकार बन्न पुगेका छन् ।

केहि हप्ता अघि 'घाँटी भन्दा तल' बोलको गीत सार्बजनिक गरे सँगै गायक पाण्डे र नायिका रीमा विश्वकर्मा आलोचनात्मक रुपमा भाइरल भईरहेका छन् ।
महिलाहरुको अपमान हुने तरिकाको गीत भनेर कलाकार हरुले नै स्ट्याटस लेखेका छन् ।
गीतको विषयमा हाँस्य कलाकार दीपक राज गिरी लेख्छन:- ‘गीत लेखेपछि पूरै लेख्या भए हुने, आज घाँटी भन्दा मुनी मात्रै आयो । भोली नाइटो भन्दा मुनी मात्रै आउला । त्यसपछि कम्मर । हैट ।’

यता अर्का कलाकार निर्मल शर्मा लेख्छन् ‘बजारमा नयाँ गीत आएको रहेछ, गीतमा पुरुषले महिलालाई भन्छ–‘घाँटी भन्दा तल त राम्री नै छे ।’ भगवानसँग कामना गर्छु यो गीत मेरा छोराहरुले सुनेर नगाइदिउन र श्रीमती,ममी, दिदी, बहिनीको अगाडि मैले लाजले मुख छोप्न नपरोस् ।’

येस्तै चर्चित रेडियोकर्मी महावीर विश्वकर्मा महिलाको खिल्ली उढाउने गीत,यो गीतको बिरोध गर्छु भन्दै लेख्छन् “घाँटी भन्दा तल त राम्री नै छे” भन्ने जस्तो महिलाको खिल्ली उडाउने गीतमा पनि नाच्न रिमा विश्वकर्माले स्वीकार गर्नु, या वौद्धिक भनिएकी केकी अधिकारीले गीत शेयर गरेर समर्थन गर्नु अति नै सामान्य कुरा हो ।मुल कुरा चाहीँ के भने, अपवाद बाहेक नेपालका सेलिब्रेटीहरुको विचार पक्ष साह्रै कमजोर छ । कहिले कसो उनीहरुले समाजसँग जोडिएका विषयमा ठीक विचार राख्नु त 'संयोग' मात्रै हो । नत्र खासमा चाहीँ उनीहरु 'पूँजीवादी दुनियाँका रोल मोडल' भन्दा बाहेक केही होइनन् ।म यो गीतको विरोध गर्दछु ।'

नारी स्वतन्त्रताको बिषयमा बिषयमा थुप्रै पटक अभिव्यक्ति दिदै आएकी नायिका रीमा बिश्वकर्माले किन एस्तो गीतमा अभिनय गरिन भन्ने बिषयमा बढी आलोचना हुदै आएको छ ।यता गीत सेयर गरेको र प्रोमोशनका लागि टिकटक बनाएपछि नायिका केकी अधिकारी पनि विवादमा तानिएकी छिन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...