1478958692 banner ad format

 
 

काठमाडौँ -‘मिस लिम्बू–२०१७’ को ताज अविशा फुदोङ लिम्बूले पहिरिएकी छन् । १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै सोमबार साँझ अविशा पाँचौं मिस लिम्बू बन्न सफल भएकी हुन् । अविशाले ताजसँगै एक लाख पाएकी छन् । उनलाई गत वर्षकी मिस लिम्बू सानु नेम्बाङले ताज पहिराएदिइन् । 

miss limbu

वरिष्ठ साहित्यकार वैरागी काइँलाको प्रमुख आतिथ्यमा जमलस्थित राष्ट्रिय नाचघरमा सोमबार प्रतियोगिताको ग्रान्ड फिनाले भएको थियो । यसपटक सन्ध्या तुमबाहाम्फे र सवनम सावाँ लिम्बू क्रमश फस्ट रनरअप र सेकेन्ड रनरअप भएका छन् । उनीहरूले पनि क्रमश: ताजसहित ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ पाए । ‘विशेष टाइटल उपाधि मानिएको ‘मिस युमा कल्चर’ को उपाधि भने मेनुका साउदेनले पाइन् । यसबापत् उनले पनि ५० हजार रुपैयाँ पाइन् । 

कला सुब्बाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको पूर्वमिस नेपाल उषा खडगी, समाजसेवी पवित्रा लिम्बू, फेसन पत्रकार तथा मोडल जयन सुब्बा मानन्धर, प्रेम एक्तेन, पत्रकार कृष्ण भट्टराईलगायत निर्णायक थिए । 

प्रकासित मिति

Loading...

 

yummyfood