1478958692 banner ad format

 
 

काठमाडौँ - फिल्म नाई नभन्नु ल कै सेरिज मार्फत डेब्यु गरेकोले पनि हुन् सक्छ , वर्षा राउत र वर्षा शिवाकोटीको चर्चा राम्रै हुने गर्छ । यी दुईलाई लिएर विभिन्न चर्चा समेत हुने गर्छन फिल्मनगरीमा । यी दुईलाई केहि फिल्ममा संगै अभिनय गराउने निर्माता तथा निर्देशकको चाहना पनि थियो तर आपसी सम्बन्ध राम्रो नरहेको हल्लाकै भरमा यी दुइलाई प्रस्ताव नै भएँन । 

Celebrity Profiles sindhu malla

यसरि फिल्ममा नदेखिएको यो जोडी गीतमा भने संगै देखिएका छन् । आउदो तीजलाई लक्षित गर्दै गायिका सिन्धु मल्लले झन्डै ५ बर्षपछी तयार पारेको गीतको भिडियोमा सञ्चारकर्मी तथा निर्देशक सुव्रत आचार्यले दुई वर्षालाई पहिलो पटकसंगै अभिनय गराएका हुन् । राजकुमार बगरको शब्द तथा सुदाम थापाको संगीत रहेको यस गीतमा आउदै गरेको तीजको चर्चा गरिएको छ । 

अहिलेको तीजैमा नाचौ छमछम बोलको यस गीतमा दुइ वर्षालाई नचाउने काम भने नृत्य निर्देशक गम्भीर विष्टले गरेका छन् । तर गीतमा किन दुइ वर्षानै राखियो त ? यस जिज्ञासामा भिडियो निर्देशक आचार्य भन्छन – मैले यी दुई वर्षालाई नै नजिकबाट चिनेको छु र मलाइ लग्यो पछिल्लो समय फैलिएको हल्लालाई असत्य पनि सावित गर्नु पर्छ र मैले दुई वर्षालाई नै अफर गरे ।

Celebrity Profiles sindhu malla 2

त्यसो त संगै देखिदा दुवै वर्षा पनि निकै खुसि थिए । हाम्रो बीचमा केहि थिएँ तर हल्ला बढी भयो शिवाकोटीले भनिन हाम्रो सम्बन्धलाई अनुमानकै भरमा हल्लामा ल्याइयो । 

यता राउत पनि संगै काम गर्न पाउदा निकै खुसि लागेको बताउछिन । हामीलाई पनि संगै काम गर्ने इच्छा थियो तर अफर आउथेन उनले कारण बल्ल बुझेको बताउदै भनिन । यसैगरी गायिका मल्ल पनि आफुले केहि ग्यापमा ल्याएको गीतले पहिले झैँ माया पाउनेमा विश्वस्त छिन । 

केहि समय मैले मेरो घर गृहस्तीलाई दिए किनकी परिवारको दायित्व पनि पुरा गर्नु पर्छ नै अब फेरी बिस्तारै आफ्नै गीत लिएर आउदैछु गायिका मल्लले निरन्तरता दिने खुलाइन । गीतमा छायाँकन अर्जुन तिवारी र टीमको रहेको छ भने यसलाई भरत रेग्मीले सम्पादन गरेका हुन् । साप्ताहिक  

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

  • Kantipathnews Nepali Kabita jhalak magar

    कविता : किसान हुन् मेरा बा

    हिँडी रहेथेँ बा का अादिम पाइलाहरु पछ्याँदै सडकका गल्ली गल्ली बा को पातलो पछ्याैरा छेडेर गोरुको काँध जस्तै कालो भएको बा को का ...

  • Kantipathnews Nepali Kabita Bibash babuko

    कविता : म र मेरो माटो

    आफू सृष्टिका लागि योग्य भएपछि नारीले रातो प्रतीक बगाउँछिन् । पहाडले प्रत्येक वर्ष रातो सभ्यता फुलाउँछ । माटोमाथि माटोकै लागि पुर्ख ...

yummyfood