annapurna add

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले एकपछि अर्को भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै नायक भुवन केसीविरुद्ध विभिन्न आराेप लगाइन् ।

न्याय माग्दै भुवन र साम्राज्ञी

नायिका साम्राज्ञीविरूद्द भुवनले दिए उजुरी

bhuwan samragyee sexy kantipath

सो आरोपको खण्डन गर्दै केसी नेपाल चलचित्र कलाकार संघको शरणमा पुगे ।

नायक केसीले आफु अन्यायमा परेको भन्दै लिखित उजुरी दिए । तर, शाहले भने संघमा पुगेर मौखिक जवाफ दिएर माफी मागेकी छन् । साम्राज्ञीले आफूले कुनै पनि भिडियोमा भुवन केसीको नाम नलिएको र यो प्रसंगलाई अब आफूले अगाडि बढाउन नचाहेरै नयाँ भिडियो बनाउन बन्द गरेको पनि जवाफ दिएकी छन् ।

आफ्ना एक वकिल र अभिनेत्री नम्रता श्रेष्ठको साथमा कलाकार संघको कार्यालय साम्राज्ञी पुगेकी थिइन् ।

आफूलाई केही सिनेकर्मीले राम्रो व्यवहार नगरेको कारण यसरी भिडियोमा सिनेकर्मी विरुद्धको बोल्नुपरेको पनि साम्राज्ञीले दावी गरेकी छन् ।

आफ्ना एक वकिलसहित कलाकार संघ पुगेकी साम्राज्ञीले भुवनको निवेदनउपर लिखित नभएर मौखिक जवाफ दिएको पनि अध्यक्ष रवीन्द्र खड्काले बताएका छन् ।

भुवन केसीले भने आफ्नो गल्ती पुष्टि नभएमा साम्राज्ञीले माफी माग्नुपर्ने बताउँदै आएका छन् ।

भुवनले कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाहमार्फत मेरो मानहानी भएकाले आफुमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिइरहेका छन् ।

उनले भने, ‘मैले आस्था मानेको नेपाल चलचित्र कलाकार संघबाट यो समस्याको समाधान भएन भने मैले मानहानिविरुद्ध चाँडै अदालत जानुपर्ने हुन्छ ।’

चर्कियो साम्राज्ञी र भुवनको काण्ड : साम्राज्ञीलाई दिए भुवन केसीले साइबर क्राइमको मुद्दा हाल्ने चेतावनी

साम्राज्ञीद्वारा भुवन केसीमाथि याैन दुर्व्यवहारकाे आरोप, केसी भन्छन्- जुन थालमा खाने त्यहीँ थालमा दुलो पार्ने ? (भिडियाे)

नायिका पुजा शर्मा भन्छिन- नेपालमा ७२ प्रदेश र १४ जिल्ला छन्

नेपाली कलाकारका ३ काण्ड : नायिका शर्मा भन्छिन, सञ्चारमन्त्री निकिता पौडेल रे

प्रकासित मिति

Loading...
Loading...

 

Loading...