1478958692 banner ad format

 
 

बलिउडका भेट्रान अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा गत शुक्रबार निधन भयो । उनका फ्यानहरु धेरै नै निराश भएका छन् । यस्तै उनले अभिनय गरेका तीन फिल्महरु भने प्रदशर्नमा आउन बाँकि नै छन् ।

 


इदको मौकामा रिलिज हुने फिल्म ‘ट्युवलाइट’ ओम पुरीको अन्तिम फिल्म हुनेछ । यसबाहेक उनको तीन अन्य फिल्महरु ‘राम भजन जिन्दावाद’,‘दगाजी एट्याक’ र ‘वाइसराय हाउस’पनि सन् २०१७ मा रिलिज हुनेछन् । तर, उनका फ्यानले उनलाई अन्तिम पटक ट्युवलाइटमा देख्नेछन् ।


ओम पुरीको बाहेक यस्ता अन्य केही सेलिब्रेटीहरु छन् जसको निधन पछि मात्रै अन्तिम फिल्म सिनेमा घरमा आयो । आउनुहोस जानौ कुन कलाकारको मृत्युपछि मात्रै अन्तिम फिल्म हलमा आयो ।


दिव्या भारती


दिव्या भारतीको निधनमात्र १९ वर्षको उमेरमा भएको थियो । उनको मृत्युको ९ महिनापछि रिलिज भएको ‘सतरञ्ज’ फिल्म सुपरहिट भएको थियो ।


फारुख सेख


फारुख सेखको निधन डिसेम्बर २०१३ मा भएको थियो तर उनको अन्तिम फिल्म ‘योङ्गिस्तान’ मार्च २०१४ मा आयो ।


स्मिता पाटिल


स्मिता पाटिलको निधन ३१ वर्षको उमेरमा भएको थियो । मृत्यु पछि उनको १४ वटा फिल्महरु रिलिज भए । ‘गलियोका बादशाह’ उनको अन्तिम फिल्म थियो ।


राजेश खन्ना


क्यान्सर रोग लागेका राजेश खन्नाको मृत्यु सन् २०१२ मा भएको थियो । उनको निधनको ठिक २ वर्षपछि ‘रियासत’ रिलिज भयो ।


मधुवाला


मधुवालाको अन्तिम फिल्म‘ज्वाला’ सन् १९७१ मा रिलिज भएको थियो तर उनको मृत्यु २३ फेब्रुअरी १९६९ मै भैसकेको थियो ।


शम्मी कपुर


७९ वर्षको उमेरमा शम्मी कपुरको निधन भएको थियो । यसको केही महिनापछि मात्रै उनको अन्तिम फिल्म ‘रकस्टार’ रिलिज भएको थियो । यो फिल्ममा उनको नाती रणविर कपुरले लिड रोल गरेका थिए ।


मीना कुमारी


ट्रयाजिडी क्विन नामले प्रख्यात मीना कुमारीको ३८ वर्षको उमेरमा निधन भएको थियो । त्यसको ८ महिना पछि उनको अन्तिम फिल्म ‘गोमती के किनारे’ रिलिज भएको थियो ।


बलराज साहनी


५९ वर्षको उमेरमा प्रख्यात अभिनेता बलराज साहनीको मृत्यु भएको थियो । निधनको एक वर्ष पछि सन् १९७४ मा मात्रै उनको फिल्म ‘गर्म हवा’ रिलिज भएको थियो ।


यश चोपडा


यो लिस्टमा नायक नायिकामात्रै छैनन् निर्देशक पनि छन् । बलिउडमा किंग अफ रोमान्सको नामले चिनिने फिल्म मेकर यश चोपडाको निधन ८० वर्षको उमेरमा भएको थियो । यसको एक महिना पछि मात्रै उनको निर्देशनमा बनेको अन्तिम फिल्म ‘जब तक हेजान’प्रदर्शनमा आएको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood