बलिउड र भारतीय टेलिभिजन क्षेत्रमा उत्कृष्ट कमेडियनको रुपमा रहेका कपिल शर्मा कमेडी किंगको रुपमा पनि चिनिन्छन् । अहिले कपिल “द कपिल शर्मा शो”बाट दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन् ।

यस भन्दा अगाडी कपिलले धेरै कमेडी शोहरु सञ्चालन गरिसकेका छन् । “कमेडी नाइट विथ कपिल”,”द कपिल शर्मा शो पहिलो सिजन” र “द कपिल शर्मा शो दोस्रो सिजन” जस्ता कार्यक्रमहरुको कारण कपिल अत्याधिक चर्चित छन् ।

कपिल शर्मा आफ्ना शोहरुमा ठूला-ठूला हस्तीहरु ल्याउँछन् । केही कलाकार कपिलको कार्यक्रममा चलचित्र प्रमोशनको लागि आउँछन् भने कोही कपिलको निमन्त्रणामा । निमन्त्रणा पाएपछि कपिलको कार्यक्रममा जान नचाहने हस्ती कमै छन् । तर केहि हस्तीले भने कपिलको निमन्त्रणा अस्विकार गरेका थिए । कपिलको निमन्त्रणा स्वीकार गर्ने ठूला ५ हस्ती निम्न छन् ।

महेन्द्र सिंह धोनी

ms kantipath

धोनी भारतमा मात्र नभई विश्वभर एक उत्कृष्ट क्रिकेटरको रुपमा परिचित छन् । धोनीको जीवनमा आधारित फिल्म “द अनटोल्ड स्टोरी”को रिलिजको समयमा कपिलले प्रमोशनको लागि धोनीलाई बोलाएका थिए। तर समय नमिलेको भन्दै धोनीले कपिलको कार्यक्रममा सहभागी हुन अस्विकार गरेका थिए ।

सुपरस्टार रजनीकान्त

Rajnikant kantipath

दक्षिण भारतीय चलचित्र क्षेत्र देखि बलिउड सम्म चर्चित रहेका रजनीकान्त फरक स्टाइलको कारण प्रख्यात छन् । रजनीकान्तलाई दक्षिण भारतीय चलचित्र क्षेत्रमा भगवान सरह नै मानिन्छन् । कपिलले रजनीकान्तको एक चलचित्र प्रमोशन गर्ने भनेर रजनीकान्तलाई निमन्त्रणा पठाएका थिए । तर रजनीकान्तले स्वास्थ्यमा समस्या देखाएर कपिलको निमन्त्रणा अस्विकार गरेका थिए ।

लता मंगेशकर

lata mang

८० को दशककी चर्चित नायिका लता मंगेशकरको स्वरमा लट्ठ हुने व्यक्तिहरु विश्वभर कयौं छन् । कपिल शर्मा पनि लता मंगेशकरका ठूलै फ्यान हुन् । त्यहि भएर कपिलले अहिले सम्म कयौ पटक लता मंगेशकरलाई निमन्त्रणा पठाइसकेका छन्। तर अहिले सम्म पनि लताले निमन्त्रणा भने स्वीकार गरेकी छैनन् ।

आमिर खान\

aamir khan superst kantipath

बलिउडका चर्चित खान मध्ये १ रहेका आमिर खानका आफ्नै तरिका र नियम छन् । अभिनय देखि दैनिकी सम्ममा पनि उनी आफ्नै नियम लागू गर्छन् । कपिलले अहिले सम्म आमिरलाई धेरै पटक निमन्त्रणा पठाइसकेका छन् । तर पनि उनी अहिले सम्म कपिलको कार्यक्रममा गएका छैनन् ।

सचिन तेन्दुलकर

sachin tendulkar 1556110391

क्रिकट जगतमा सबै भन्दा ठूलो नाम हो, सचिन तेन्दुलकर । सचिनको जीवनमा आधारित फिल्म “सचिन: ए बिलियन ड्रीम्स ”को प्रमोशनको लागि कपिलले सचिनलाई आफ्नो कार्यक्रममा बोलाएका थिए। तर सचिनले निमन्त्रणा अस्विकार गरे । Agencies 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...