arpan 1

नेपाली फिल्म ‘चपली हाइट ३’ मा अभिनेता अर्पण थापा पनि अनुबन्ध भएका छन् । छायांकनको क्रममा रहेको फिल्म ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश गौतम, आमिर गौतम लगायतका कलाकारको शीर्ष भूमिका देख्न सकिनेछ ।

निकेश खड्काको निर्देशन रहेको फिल्ममा अर्पणको भने खलनायकको भूमिका भएको गेटअपबाट अनुमान गर्न सकिन्छ ।

arpanयसै वर्षको चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मलाई पुरुषोत्तम प्रधानले क्यामेरामा उतारिरहेका छन् ।यसअघि फिल्मका दुई भाग प्रदर्शन भइसकेका छन् । पहिलो भाग व्यावसायिक रुपमा सफल भए पनि दोस्रो भाग भने खासै सफल बन्न सकेन ।

यस्तो अवतारमा देखा परिन् अभिनेत्री तापसी पन्नु

tapsi
बलिउडमा निकै चर्चामा आइरहने चर्चित अभिनेत्री हुन् तापसी पन्नु । दक्षिण भारतीय फिल्मबाट आफ्नो करियरको सुरु गरेकी तापसीले बलिउडमा पनि आफ्नो छुट्टै पहिचान बनाइसकेकी छिन् । उनी बलिउडका हरेक फिल्ममा फरक भुमिकामा देखिदै आएकी छिन् ।

हालसम्म बलिउडका धेरै नै फिल्ममा अभिनय गरिसकेकी तापसीका सबै फिल्म दर्शकले रुचाएका छन् । सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहिरहने तापसी पछिल्लो समय एक तस्बिरका कारण चर्चामा आएकी छिन् । उनले आफ्नो इन्स्ट्राग्राममा एक तस्बिर शेयर गरेकी छिन् । तस्बिरमा उनी पढाकु युवती देखिएकी छिन् । उनको यो नौलो लुक्सलाई धेरैले मन पराएका छन् । केहि समय अघि तापसी एक्सन स्टार ऋतिक रोशनको फिल्म क्रिश ४ मा सुपरवुमनको भूमिका निभाउने इच्छा राखेको बारे चर्चा थिइन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...