ary magar kantipathnews

तेरिया मगर चर्चित डान्सर हुन् । उनले सानो उमेरमा नै धेरै सफलता हासिल गरेकी छिन् । सन् २०१४ मा डिआइडी लिटर मास्टर को उपाधी जितेपछि तेरियालाई अधिकांश दर्शकले चिन्न थालेका हुन् ।

उनले आफ्नो मात्र नभएर नेपालको नाम नै विश्वभर चिनाउन सफल भएकी छिन् । आज तिनै डान्सर तेरिया मगरको जन्मदिन हो । आजबाट तेरिया १७ बर्ष पुरा भएकी छिन् ।

तेरिया हाल मुम्बईमा नै बसेर अध्ययन गरिरहेकी छिन् । त्यसबाहेक देश तथा विदेशका बिभिन्न कार्यक्रमहरुमा पनि उनी निकै व्यस्तता हुने गरेकी छिन् ।

तेरिया जति राम्रो नाच्छिन्, त्यति नै मिठो गीत पनि गाउँछिन् । उनले केहीसमय अघि नेपाल आएको समयमा तिम्रो मायाले बाधेर राख बोलेको गीत कभर गरेकी थिइन् । जसलाई दर्शकले निकै रुचाएका थिए । 

(कान्तिपथ मिडियाकाे तर्फबाट पनि तेरियालाई जन्मदिनको धेरै धेरै शुभकामना )

प्रकासित मिति

Loading...
Loading...

 

Loading...