tealaya add

deepika bollywood nk


एजेन्सी । बलिउडकी सुन्दरी दीपिका पादुकोण हाल रिलिजको तयारीमा रहेको आफ्नो फिल्म छपाकमा व्यस्त छिन् । यस फिल्ममा उनले एसिड आक्रमण खेप्नुपरेपछिको समस्या र संघर्षको बारेमा अभिनय गरेकी छिन् ।

यसैबीच फिल्म छपाकपछि दीपिका फिल्म क्षेत्रबाट टाढा रहने खबर भारतीय सञ्चार माध्यममा आउन थालेका छन् ।

गत बर्ष दीपिकाले रणविरसँग विवाह गरेकी हुन् । र अब उनी आफ्नो परिवारको संख्या बढाउन चाहन्छिन् । जसका कारण उनी केही समय फिल्म क्षेत्रबाट टाढा रहनेछिन् ।

विवाहपछि उनी आनन्दको जिवन बिताइरहेकी छन् । दीपिकाको अनुहार अब केही समय बलिउडको पर्दामा देखिने छैन । रणविर दीपका जोडी सन्तान जन्माउने योजनामा छन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...

ताजा खबर