annapurna add

 chapak

          ‘नाक छैन, कान छैन । झुम्का कहाँ लगाउनु ?’

बहुप्रतिक्षित बलिउड चलचित्र 'छपाक’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । दीपिका पादुकोणको मुख्य भूमिका रहेको यो फिल्म ए’सिड अट्या’क सर्वाइभर लक्ष्मी अग्रवालको जिन्दगीमाथि आधारित रहेको छ । यसमा दीपिका मालती नामकी एक साधारण युवतीको भूमिकामा देखिएकी छन् ।

फिल्मको ट्रेलर निकै दमदार र इमोसनबाट भरिपूर्ण छ । फिल्ममा एक डाइलग छ, जसमा दीपिका उर्फ मालती भन्छिन्, ‘नाक छैन, कान छैन । झुम्का कहाँ लगाउनु ?’ फिल्मको ट्रेलरमा यस्ता केही मनछुने डाइलग छन्, जसले जो कोहीलाई भावुक बनाउँछ । अभिनेत्री दीपिकाले उस्तै दमदार अभिनय प्रस्तुत गरेकी छन् । उनको लुक्स हुबहु लक्ष्मी अग्रवाल जस्तै छ ।

आफ्नो चरित्रलाई लिएर दीपिकाले केही समय अगाडि भनेकी थिइन्, ‘यो एक निकै महत्त्वपूर्ण कहानी हो र यो वास्तविक घटनामा आधारित छ । यसकारण आशा छ कि यसबाट राम्रो कुरा निक्लनेछ ।’ दिल्ली र मुम्बईमा छायांकन भएको फिल्मलाई मेघना गुलजारले निर्देशन गरेकी हुन् । १० जनवरी २०२० मा रिलिज हुने फिल्ममा विक्रान्त मेसीको पनि अभिनय छ ।

दीपिका पादुकोण पछिल्लो पटक फिल्म ‘पद्मावत’ मा देखिएकी थिइन्, जसमा उनको अभिनयको निकै तारिफ भएको थियो ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...