1478958692 banner ad format

 
 

काठमाडौँ -  डाँडै फुर्के सल्लो, मायालुको शहरमा, पिरतीको खाममा, मेरो गाउँमा घर छ, शुभविवाह लेखेको मिनीबस लगायतका गीतबाट निकै ख्याति कमाएका तथा दर्जनौँ गीतका सर्जक पन्त आज नेपाली भूमिबाट धेरै टाढा छन् । तर एकपछि अर्को गर्दै गीत तथा सङ्गीतमार्फत उनी हामीमाझ निरन्तर उपस्थित छन् । 

New Nepali Lok Dohori Song Dhaulagiri himal ko chhaya By Basanta Thapa Bishnu Majhi

अमेरिकामा बसेर नेपाली पाखा, पखेराको सपना देख्ने पन्तले पैसाका लागि लेख्दैनन् । उनको स्वदेशप्रतिको माया देखावटी छैन । उनले अमेरिकाको मेरिल्याण्डमा बसेर धौलागिरिको सेतो हिमालले पाखा पखेरामा प्रकाश छरेको, माछापुछ«ेले फेवातालमा डबुल्की मारेको, लेकको चिसो पानीले तिर्खा मेटाएको, रोधी घरमा मौलिक नेपाली लोक भाका घन्काएको सपना देख्छन् । 

नेपाली खोलानाला, पाखापखेराका सुसेलीलाई शब्दमा उतार्ने क्षमता राख्ने सर्जक पन्तले हालै आफ्नो नयाँ गीत ‘धौलागिरि हिमालको छाया कहाँ होला ?’ भन्ने बोलको गीत लोकसंगीतप्रेमी हामी सबैमाझ पस्किएका छन् । 

लोकगायक वसन्त थापा र विष्णु माझीको स्वरमा ल्याइएको उक्त गीतको भिडियोसमेत गायक थापाको यू ट्युबबाट सार्वजनिक भएको छ । अभ्यास डिजिटल रेकर्डिङमार्फत बजारमा ल्याइएको यस लोकभाकामा थापा, ओबी रायमाझी, करिश्मा ढकाल र रीना थापाको उत्कृष्ट अभिनय रहेको उक्त गीतलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने करण चैसिरले सम्पादन तथा विष्णु शर्माले छायाङ्कन गरेका छन् । 

नेपाली पाराको माया साट्न युवायुवती दोबाटोमा घण्टौँ कुरेर भेटमा एक शब्द साट्न नसकी लजालु आँखाले साइनो कसेको उनले अमेरिकी शहरमा मजदुरी गर्दा वा हिँड्दै गर्दा शब्दमा बुन्छन् र नेपालप्रतिको अथाह माया प्रकट गर्छन् आफ्ना सिर्जनामार्फत । आशा गरौँ उनको यो पछिल्लो प्रयासले पनि शिखर चुम्नेछ । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

  • Kantipathnews Nepali Kabita jhalak magar

    कविता : किसान हुन् मेरा बा

    हिँडी रहेथेँ बा का अादिम पाइलाहरु पछ्याँदै सडकका गल्ली गल्ली बा को पातलो पछ्याैरा छेडेर गोरुको काँध जस्तै कालो भएको बा को का ...

  • Kantipathnews Nepali Kabita Bibash babuko

    कविता : म र मेरो माटो

    आफू सृष्टिका लागि योग्य भएपछि नारीले रातो प्रतीक बगाउँछिन् । पहाडले प्रत्येक वर्ष रातो सभ्यता फुलाउँछ । माटोमाथि माटोकै लागि पुर्ख ...

yummyfood