tealaya add

kulli number 1

बलिउड चलचित्र ‘कुली नम्बर–१’को सुटिङ सेटमा भीषण आगलागी भएको छ । मुम्बईको गोरेगाउँ स्थित फिल्मिस्तान स्टुडियोमा बनाइएको फिल्मको सेटमा मंगलबार राति भीषण आगलागी भएको हो । बलिउड लाइफ डट कमका अनुसार यस भीषण आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

फिल्मको सेटमा आगलागी हुँदा १५ जना कामदार त्यही भएपनि उनीहरु सुरक्षित रहेको बताइएको छ । सुटिङ सेटमा आगलागी भएसँगै ती कामदारहरुले तुरुन्त फायर स्टेशनमाफोन गरी तत्कालै प्रहरीलाई जानकारी गराएका थिए । जसको कारण आगोलाई समयमै नियन्त्रणमा ल्याइएको थियो । यस आगलागीबाट के–कति क्षति भयो भन्ने विषयमा कुनै जानकारी सार्वजनिक गराइएको छैन ।

यो फिल्म डेविड धवनको निर्देशनमा बनेको गोबिन्दा र करिश्मा कपुर स्टारर् ‘कुली नम्बर –१’को रिमेक हो । २४ वर्षपछिको रिमेकमा बरुण धवन र सारा अली खान मूख्य भूमिकामा छन् । यो फिल्म १ मे २०२०बाट दर्शकमाझ रिलिज गरिनेछ ।

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...