1478958692 banner ad format

 
 

 

काठमाडौँ - आज शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको ‘दुई रुपैयाँ’मा दार्‍ही र जुरेलीको भूमिकामा क्रमश: आसिफ शाह र निश्चल बस्नेत छन् ।

2 rupiyan min

 

निश्चल बस्नेत निर्देशकका रूपमा चर्चामा आएका हुन् भने आसिफ शाहले पनि दर्जनौं म्युजिक भिडियो, टेलिविज्ञापनका साथै एवं चलचित्र ‘कर्कश’ निर्देशन गरेका थिए । चलचित्र ‘दुई रुपैयाँ’मा मोजमज्जा गर्ने क्रममा अपराधको जालोमा परेका दार्‍ही र जुरेलीले त्यो जालोबाट उम्कँदै आफूले पनि कमाउने योजना बनाउँछन्, तर उनीहरू थप अपराधको जालोमा फस्दै जान्छन् ।

चलचित्र ‘दुई रुपैयाँ’मा दार्‍ही र जुरेली एउटा विशेष नम्बर अंकित दुई रुपैयाँको नोट लिएर तस्कर गिरोहका नाइकेको अवैध सामान लिन जाने क्रममा हुन्छन् तर बीचमै त्यो दुई रुपैयाँ हराउँछ र त्यसपछि समस्या आरम्भ हुन्छ ।

हास्यप्रधान चलचित्र ‘दुई रुपैयाँ’को छायांकन झापा वरपरको क्षेत्रमा गरिएको हो । असिम शाहको पहिलो निर्देशनको चलचित्र ‘दुई रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ प्रदर्शनअगावै लोकप्रिय भैसकेको छ । त्यसैले पनि चलचित्र ‘दुई रुपैयाँ’ लाई बहुप्रतिक्षित चलचित्र मानिएको छ । 

 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood