1478958692 banner ad format

 
 

काठमाडौँ - कात्तिक २ गतेबाट एक हप्ता पछाडि सर्दै कात्तिक ९ गतेलाई रिलिज फाइनल गरिएको फिल्म 'ऐश्वर्य'को टीजर सार्वजनिक भएको छ । 'तिमी रोएको पल' बोलको गीतबाट नै चर्चामा रहेको 'ऐश्वर्य'को टीजरमा ऐश्वर्य उर्फ दीपिका प्रसाईका लागि रमेश उप्रेती र प्रशान्त ताम्राकारको टक्कर देख्न सकिन्छ । 

 Film Aishwarya

फिल्ममा रमेश उप्रेती , दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायतको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् ।  

 

निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । फिल्मको विषयमा जानकारी दिँदै रमेश उप्रेतीले भने, 'ऐश्वर्यलाई म र मेरो टीमले स्टाइलिस बनाउन खोजेका छौ । नेपालको सुन्दरतासँगै नेपाली प्राविधिकले पनि यो लेभलको फिल्म दिन सक्छन र हामी पनि कथा अनुसार सम्झौता गर्दैनौ भन्ने उदाहरण दिनु नै म र मेरो टीमको उद्येश्य हो ।' 

 

यस्तै, निर्देशक दिवाकर भट्टराईले भने, 'फिल्मले सुपर मोडलको कथासँगै बिजनेसम्यानको जीवन शैलीलाई पनि प्रस्ट्याउनेछ । हरेक मान्छे ऐश्वर्य प्राप्तिका लागि संघर्ष गरिरहेको हुन्छ, यसैलाई हामीले फिल्मी शैलीमा प्रस्तुत गरेका छौ ।' फिल्ममा दीपिका प्रसाई सुपर मोडलको रुपमा छिन् । 'ऐश्वर्य'लाई सुदीप बरालले खिचेका हुन् । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood