govinda sahi

चलचित्र निर्माता तथा वितरक गोविन्द शाही पुनः पक्राउ परेका छन् । विविन्न बिषय वाट विवादमा आइरहने शाही बिहीबार पक्राउ परेका हुन् । चलचित्र ‘घामड शेरे’ को प्रिमियरको लागि भक्तपुरको भाटभटेनीमा रहेको क्यु एफ एक्समा पुगेका उनलाई सोही स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनी पक्राउ पर्नुको कारणबारे केही खुलिसकेको छैन ।

शुक्रबारबाट प्रदर्शनमा आउने ‘घामड शेरे’ को प्रिमियरको लागि उनी त्यहाँ पुगेका थिए । केहि समय अघि मात्रै चलचित्र लिलिबिलीको पैसा नदिएको भन्दै उनी पक्राउ परेका थिए । चलचित्र लिलीबिलीको ८८ लाख रुपैयाँ नदिएको भन्दै निर्माता सुदिप खड्का र निर्देशक मिलन चाम्सको उजुरीको आधारमा यसअघि शाही पक्राउ परेका थिए ।

 याे पनि पढ्नुहाेस :  हिन्दी फिल्म भारत ,नेपालमा बुधबार नै रिलिज गर्न अदालतको आदेश

प्रकासित मिति

Loading...
Loading...

 

Loading...