annapurna add

Ganesh Acharya

इन्डियन टेलिभिजन कोरियोग्राफर असोसिएशनका जनरल सेक्रेटरी तथा वरिष्ठ कोरियोग्राफर गणेश आचार्यमाथि मि-टु आरोप लागेकी छिन्। ३३ बर्षीय एक महिलाले फिल्म इन्डष्ट्रिमा उनलाई कामबाट टाढा राखेको, कमिशन मागेको र एडल्ट भिडियो हेर्न बाध्य पारेको आरोप लगाएकी छिन् । महिलाले महाराष्ट्रको महिला आयोग र अम्बोली पुलिस थानामा उजुरी दर्ता गरेकी छिन् भारतीय संचार माध्यमले जनाएका छन् ।

असिस्टेन्ट कोरियोग्राफर रहेकी महिलालाई आचार्यले लगातार तनाव दिइरहेको साथै आफ्नो पदको प्रयोग गर्दै उनको सदस्यता रद्द गराएको र उनको आम्दानी पूर्ण रुपमा रोकिएको छ । उजुरीकर्ता महिला एक कार्यक्रममा पुग्दा गणेशले आफ्ना अन्य साथी कोरियोग्राफरको प्रयोग गरेर उनलाई त्यहाँबाट बाहिरिन बाध्य बनाइएको आरोप छ । उनीमाथि उक्त कार्यक्रममा सार्वजनिक रुपमा कुटपिट गरेको र गालीसमेत गरेको उजुरीमा उल्लेख गरिएको छ ।

गत शुक्रबार आचार्यले दिग्गज कोरियोग्राफर सरोज खानको त्यो दाबी खण्डन गरेका थिए जसमा गणेशले डान्सरहरुको शोषण गर्ने र आफ्नो पदको प्रयोग गरेर सिने डान्सर्स असोसिएसन (सिडिए) लाई बर्बाद गरिरहेको बताइएको थियो ।

सन् २०१८ मा नायिका तनुश्री दत्ताले पनि आचार्यमाथि शोषणको आरोप लगाएकी थिइन् । उनले पुलिस उजुरीमा यी दुईले सन् २००८ मा रिलिज भएको फिल्म ‘हर्न ओके प्लिज’ को एउटा गीतको सुटिङको क्रममा उनमाथि शारीरिक शोषण गरेको आरोप लगाइन् । तनुश्रीले एक कुराकानीमा भनेकी थिइन्, ‘उनी एक नम्बरका झुटो र दोहोरो चरित्र भएका व्यक्ति हुन् । १० वर्ष अघि उनी ती व्यक्तिमध्ये एक थिए जो उत्पीडनमा समान रुपमा समावेश थिए । उनले यसलाई कहिले पनि स्विकार गरेनन् ।’

प्रकासित मिति

Loading...
Loading...

 

Loading...