1478958692 banner ad format

 
 

काठमाडौँ - भाद्र २ गतेलाई रिलिज फाइनल गरिएको फिल्म ‘ग्याङस्टार ब्लुज’ को आइटम गीत सार्वजनिक भएको छ । मंगलवार फस्टलुक पोष्टर सार्वजनिक गरेको निर्माण पक्षले बुधवार फिल्मको आइटम गीत सार्वजनिक गरेको हो । 'अबला' बोलको आइटम गीतमा सृष्टि कार्कीले ठुम्का लगाएकी छिन् । 

एक बारमा खिचिएको गीत सँग-सँगै नव-नायक आशिरमाज देशराज श्रेष्ठको 'ग्याङस्टार' रुप पनि देखाइएको छ । बानिका प्रधान र कालिप्रसाद बास्कोटाको स्वरमा रहेको सार्वजनिक गीतमा मानस, कालीप्रसाद र एकतारेको शब्द र कालिप्रसादको संगीत रहेको छ । 

'होस्टेल', 'जेरी', 'गाजलु' फिल्म निर्देशन गरेर आफूलाई सफल निर्देशकको रुपमा उभ्याएका हेमराज बीसीले निर्देशन गरेको फिल्म ‘ग्याङस्टार ब्लुज’ मा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews nepali gajal by manu

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन

    हेर्छु मायाको झलक तिमीमा छ कि छैन जस्तो घरको खुसि आगनीमा छ कि छैन पुगिएछ हेर्दाहेर्दै पिरतिको गहिराई सम्म बुझ्नु नै छ गहिराई ...

  • Kantipathnews News Of Nepal  Ishaan Subedi

    बा! तिमी महान् छौ

    बा! तिमी महान् छौ " सपना पूरा गर्नका लागि तिमी आँखा खोल्छौ, म सपनै देख्नका लागि आँखा बन्द गर्छु । तिम्रो बन्द आँखामा त्रिक ...

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

yummyfood