lata mangsker

भारतीय गायिका लता मंगेशकरको स्वास्थ्यमा सामान्य सुधार देखिएको छ । स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । तर पनि अस्पतालले उनी अझै पनि लताको स्वास्थ्य अवस्था नाजुक भएको जनाएको छ ।

९० वर्षीया मंगेशकरलाई सोमबार मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो ।अस्पताल स्रोतले लताको स्वास्थ्यमा सामान्य सुधार आएको बताएको भारतीय मिडियाले लेखेका छन् ।

हिन्दी, क्षेत्रीय र विदेशी भाषामा हजारौं गीत गाएकी लता मंगेशकरले यस वर्ष ‘सौगन्ध मुझे इस मिट्टी की’ रेकर्ड गराएकी थिइन् । भारतमा खुबै लोकप्रिय लतालाई सन् २००१ मा भारतको सर्वोच्च नागरिक सम्मान ‘भारतरत्न’ प्रदान गरिएको थियो ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...